पाचौं पटक मेसी वर्ष खेलाडी घोषित

बार्सिलोना– बार्सिलोनाका फरवार्ड लियोनेल मेसी पाँचौ पटक वर्ष खेलाडी चुनिएका छन्। उनले प्रतिद्वन्दी रियलम्याड्रिका क्रिस्टियानो रोनाल्डो र बार्सिलोना कै मेयमारलाई पछि पार्दै पाँचौ पटक वर्ष खेलाडी घोषित भएका हुन्।
२८ वर्षका अर्जेन्टिनाका खेलाडी मेसीले ४१ दशमलव ३३ प्रतिशत प्राप्त गरेका थिए। योसँगै फिफाको वर्ष खेलाडीको अवार्ड मेसीले हात पारेका हुन्। मेसीले २०१५ मा ६१ खेलमा ५२ गोल र २६ एसिस्ट (सहयोग) गोल गरेका थिए।
रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोले २७ दशमलव ७६ प्रतिशत भोट भएका थिए भने बार्साका नेयमारले ७ दशमलव ८७ प्रतिशत पाएर तेस्रो स्थान प्राप्त गरे। विश्वकप फाइनलमा ह्याट्रिक बनाउने अमेरिकी ३३ वर्षीया मिड फिल्डर कार्ली लायडले महिलातर्फको पुरस्कार आफ्नो नाममा गरिन्।  उता महिलातर्फ अमेरिकी फुटबल कोच जिल एलिसले इंल्याण्डकी मार्क स्यापसनलाई पछाडि पार्दै ‘वुमन कोच अफ द इयर’ को अवार्ड आफ्नो नाम गर्न सफल भइन्।