वेश्या (कविता) -दिनेश गुरुङ



तिमि र.समाजले दिएको यो उपनाम
मेरो अस्तित्वमा प्रहार थियो
कमजोर र विवशतामा रहेको मेरो जीवनको
यो नाम कलङ्कित उपहार थियो
 
 दोषि ठहराई मलाई समाजको कठघरामा राखियो
नारी हुनु एउटा गल्तिको सजाय मलाई दिदैथियो
पुरूस्वार्थको नाममा  शरिर सँग खेल्ने ति मानिस
औला मलाई तेर्साई विजयीको हाँसो हाँस्दै थियो

नपुशंक थिए यि समाज या त पुरूषप्रधानको घमण्डमा
मायाको उपहार मलाई बदनामले सम्मान गर्दैथियो
धेरै नारीको शरीरसँग खेल्ने तिमि चाहि  खेलाडि
तिमिलाई माया गर्ने मलाई वेश्याको नामले बोलाउदै थियो

केहि भन्नु छैन मलाई यि समाज भनौदालाई
नारीको चरित्रमा जहिले पनि औला ठडिन्छ यहाँ
ऐना अघि सिर्फ एकपल्ट चोखोमनले उभ तिमि
प्रतिविम्बमा तिमिले वेश्या भेटाउने छौ त्यहाँ।

बाल्टिमोर अमेरिका