दमौलीमा पौडेल पुत्रले नाम फिर्ता लिए




तनहुँ, जनवरी २९।

दमौली कांग्रेसको गढ मानिएको व्यास–२ मा चुनाव निकै पेचिलो बन्ने दखिएको छ । वडा सचिवमा सुरेश पुरी र कोषाध्यक्षमा चन्द्रकला वाग्लेबाहेक सवै पदमा चुनाव हुने देखिएको छ । चुनावमा कांग्रेस हस्ती अमरराज कैनी पनि उत्रने छन् । कांग्रेस उप–सभापति रामचन्द्र पौडेलपुत्र चिन्तन पौडेलले भने नाम फिर्ता लिएका छन् । वडा सभापतिका लागि टुकबहादुर हमाल र तिलबहादुर थापा प्रतिस्पर्धी छन् ।

व्यास –११ मा सभापतिका लागि इन्द्रबहादुर दरै र रामचन्द्र न्यौपाने तथा व्यास–८ मा सभापतिका लागि विष्णु गौतम र यज्ञप्रसाद खनालबीच प्रतिष्पर्धा भएको छ । वडा नम्वर–१० मा भने सबै पद सर्वसम्मत चयन भएको छ । वडा सभापतिमा बाबुराम बगाले, क्षेत्रीय प्रतिनिधिहरुमा अशोककुमार श्रेष्ठ, रविन पौडेल र विष्णुभक्त न्यौपाने, महिलातर्फ शशी आचार्य र दीपा श्रेष्ठ सर्वसम्मत चयन भए । भानु नगरपालिकामा सबै पदमा सर्वसम्मत हुँदा बन्दीपुरमा सभापतिका लागि चारजना मैदानमा उत्रेका छन् । मत गणना जारी छ ।