फेरि बढ्यो लोडसेडिङ, अब दैनिक १३ घण्टा बत्ती नहुने

पुस-नेपाल विद्युत प्राधिकरणले फेरी लोडसेडिङ बढाएको छ। अाइतबार प्रकाशित सूचनाअनुसार अब हप्ताको ९ घण्टा लोडसेडिङ हुनेछ। दैनिक १३ घण्टा बत्ती नहुने भएकाे छ ।

सातामा ७७ घण्टा हुँदै आएको लोडसेडिङ सोमबारदेखि ८४ घण्टा हुने भएको छ । सुख्खायाममा नदीको जलस्तर घट्ने भएकाले लोडसेडिङको समय बढ्ने गरेको छ ।

प्राधिकरणले आइतबार नै सार्वजनिक गरेको नयाँ तालिकाअनुसार अब खाना पकाउने समयमा तीन दिनमात्रै बत्ती आउनेछ ।