सरकारका सय दिनः काम कम वदनाम ज्यादा {टिप्पणी}

काठमाडौँ-(द नेपाल टुडे)- प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिन पूरा गरेको छ। असोज ३ गते नयाँ संविधान जारी भएपछि गठित पहिलो सरकारको नेतृत्व अोलीको जिम्मामा अायो । सरकार गठन पहिलेदेखि नै आपूर्ति व्यवस्थापन, तराई आन्दोलन र भारतीय नाकाबन्दीजस्ता समस्या विद्यमान थिए। अोली नेतृत्वको सरकार गठन पछि त समस्या झनै चुलियो ।  ती चुनौतीको सामना गर्न र संविधानप्रति असन्तुष्ट दल र समूहको चित्त बुझाउन सरकारका लागि फलामको च्युरा जस्तै बन्यो ।

ओली नेतृत्वमा असोज २४ गते नयाँ सरकार गठन भएको थियो भने त्यसपछि नयाँ संविधानबमोजिम राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख निर्वाचन सम्पन्न हुने कार्य पनि यही अवधिमा भए ।

पाँच महिना लामो अघोषित भारतीय नाकाबन्दीले राष्ट्रिय जीवन नै नराम्ररी प्रभावित भएका बेला सरकारले जनतामा आशा जगाउने, राष्ट्रिय स्वाधीनताको जागरण दिने, संविधानको प्रचार अभियान सञ्चालन गर्ने जस्ता काम गरेको सरकारको दावी छ । तर सरकारले कुनै ठोस परिणाम दिने काम नगरेको भन्दै अालोचना गरिएको छ । कालोबजारी नियन्त्रणमा सरकार पूर्ण असफल देखियो । जनतालाइ राहत दिने कुनै ठोस कार्यक्रम सरकारले प्रस्तुत गर्न सकेन ।

असन्तुष्ट मधेसी मोर्चासँग प्रभावकारी र सार्थक वार्ता गरेर छिटो समाधान खोज्न सरकारले सफलता प्राप्त गरेन । चीनसँग व्यापार विस्तार र पारवाहन सम्झाैताको कुरा मात्रै भयो ठोस काम हुन सकेन । सर्वसाधारण जनताले भारतसँग सम्बन्ध चिसिएपछि चीनसँगको सम्बन्ध विस्तार हुने र अापूर्ती समस्या समाधान हुने अपेक्षा लिएका थिए । तर पुनः भारतकै भर पर्ने शैलीमा सरकारले चीनसँग सम्झाैता गर्ने इच्छाशक्ति देखाउन सकेन ।

भूकम्प पछि भत्केका चीनसँग नाका जोडिने सडक निर्माणमा नेपाली सेना परिचालन गरेरै भएपनि तुरून्तै सडक स्तरोन्नत गर्न सकिने सामान्य काम पनि सरकारले गर्न नसकेको भन्दै अालोचना हुने गरेको छ । राष्ट्रीयता र अात्मनिर्भर बन्ने नेपाली जनताको चेतना र लहरलाइ सरकारले कुनै मलजल गर्न सकेन र राष्ट्र निर्माणको तहमा त्यो नेपाली भावनालाइ दिशा र गति दिन सकेन ।

छजनासम्म उपप्रधानमन्त्री नियुक्त गरेकोमा अोलीको चर्को अालोचना भएको छ। हल्का र असंभवन प्रकारका अाश्वासन जनतामा बाँडेको भन्दै प्रधानमन्त्री अोली पछिल्लो समय निकै अालोचित छन् ।

भारतसँग नझुकेको र मधेसका नाजायज माग संबोधन नगरेको भन्दै एक हदमा राष्ट्रवादी छवी बनाउन भने सरकार सफल देखियो ।

,