नयाँ शक्तिको कार्यक्रममा मोर्चाको हमला

लहान–पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियान कार्यक्रम मधेसी मोर्चाका कार्यकर्ताले बिथोलिदिएका छन्। सोमवार लहानमा आयोजना गरेको कार्यक्रममा हुल बाँधेर पुगेका मधेसी मोर्चाका कार्यकर्ताले होहल्ला गरेर बिथोलेका हुन्।

सभाहलमा कार्यक्रम सुरु भएपछि मोर्चाका कार्यकर्ता हलभित्र पसेर होहल्ला गरेर कार्यक्रम बिथोलेका थिए ।

मोर्चाका कार्यकर्ता र कार्यक्रममा सहभागी नायाँ शक्तिका समर्थकबीच केहिबेर तनाव भएको थियो। प्रहरीले हस्तक्षेप गरेपछि झडप हुन पाएन।

मधेसी मुुक्ति आन्दोलन र नयाँ शक्तिबीच अन्तरसम्बन्ध विषयक सम्वाद कार्यक्रमका प्रमुख अतिथि रामचन्द्र झा थिए।