मलेसियामा सार्बजनिक भयो नयाँ एल्बम ( भिडियो सहित)



सल्यानी ठिटो खगेन्द्र वलि को पहिलो प्रस्तुति
कस्लाई पो थाहा होला र मरे पछि के हुने हो



बिगत दुई बर्ष देखी मलेसियामा कार्यरत नव प्रतिभा खगेन्द्र प्रकाश वलिको गीति एल्बम युटुब मार्फत सार्बजनिक भएको छ |
जस्मा चर्चित  लोक दोहोरी गायक राम्जी खाण र मुना थापाको आवाज रहेको छ भने शब्द सिर्जना बिन्दु दर्लामीको छ | पाल्पाली ठिटो दर्लामी मलेसियामा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोक गायक हुन् |
जस्लाई बजार ब्यबस्थापन पिक्सल ईन्टरटेन्मेन्ट प्रा लि ले गरेको छ |
भिडियो निर्माण विशाल फिल्मस प्रा लि ले गरेकोछ भने निर्देशन होम गैरेको रहेको छ | भिडियोमा होम गैरे र रिया घलेले अभिनय गर्नु भएको छ |
जुनि मेरैनै हुने ,कसम खाथियौ सानु


बिचबाटोमा छाडी गयौ खोज्दै कहाँ जानु

कस्लाईपो थाहा होला र मरेपछी के हुने हो

दुई पलको जिन्दगि यो एक पल हास्ने अर्को पल रुने हो

माया र प्रेमका मन छुने शब्दलाई अत्यन्त रमाईलो लयमा गायक र गायिकाले गीत गाएका छन् |

भिडियो हेर्नुहोस