कांग्रेसमा दोस्रो पुस्ता दह्रो नहुदा तेस्रोलाई मार -रंजित कर्ण, नेविसंघ अध्यक्ष



नेपाली कांग्रेसको १३ औं महाधिवेशनको लागि गाउँ नगर अधिवेशनदेखि जिल्ला अधिवेशनहुँदै महाधिवेशन प्रतिनिधि चयन निर्वाचनको कार्यतालिका निर्धारण भैसकेको छ । काठमाण्डौंमा हुन लागेको महाधिवेशन लक्षित स्थानीय तहदेखि केन्द्रीय समिति निर्वाचन निर्देशिका समेत पारित भैसकेको छ । अहिले कांग्रेसका नेताहरु देश दौडाहामा छन् । विभिन्न मन्च मार्फत विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्ने क्रम समेत धमाधम भैरहेको छ । देशको पहिलो पार्टी भएर पनि अहिले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको आसन्न महाधिवेशनपछि कांग्रेसले तय गर्ने निति देशकै निम्ति अर्थपुर्ण रहने  निश्चित प्रायः छ ।

अर्कोतफर्, संविधान निर्माणको समयममा सरकारको नेतृत्व गरेको कांग्रेस र सरकार सहयात्री एमाले विचको असहमति पछि अहिले कांग्रेस प्रतिपक्षमा रहेको एमाले नेतृत्वको सरकार रहेको छ । सरकारको काम कारवाहीलाई लिएर प्रतिपक्षवाट आलोचना भैरहेको छ, यी यस्ता समसामयिक विषयमा केन्द्रीत रहेर हाल अमेरिका भ्रमणमा रहेका व्यवस्थापिका संसदका सदस्य तथा नेपाल विद्यार्थी संघका अध्यक्ष रन्जित कर्णसँग द नेपाल टुडेका लागी सुरज भण्डारीले गरेको कुराकानी 

अहिले नेताहरुको देश दौडाहा र धमाधम उम्मेद्वारी घोषणा भैरहेको छ यसलाई कसरी लिनुभएको छ <

यसलाई स्वभाविक रुपमा लिनुपर्दछ । लोकतान्त्रिक पार्टीमा सवैले आफ्नो मत जाहेर गर्न पाउँछन् । लोकतान्त्रिक विधिवाट आफ्ना कुराहरु राख्नु र जुनसुकै पदमा इच्छा गर्नुलाई अन्यथा लिइरहनुपर्दैन ।  यो वेला गुट उपगुट देखिनुलाई पनि म अन्यथा देख्दिन, आफ्नो समुह वनाएर अघि वढ्नुलाई सहजै रुपमा लिनुपर्दछ । तर मुख्य कुरा पार्टीमा को आउने, किन आउने र के गर्ने भन्ने विषयले वढि महत्व राख्नु पर्दछ । अहिले पार्टीको महाधिवेशनको चर्चा सँगै भैरहेका नेताहरुको देश दौडाहालाई सकारात्मक रुपमा लिनुपर्दछ यो सँगै अहिले पार्टीमा  नयाँ पुस्ताले समेत दरो उपस्थिति खोजिरहेको छ, हामीपनि विभिन्न योजनाका साथ अघि वढिरहेका छौं । यसर्थ अहिले भैरहेका देश दौडाहा, नेताहरुको विभिन्न पदमा देखिएको इच्छालाई स्वभाविक नै मान्नुपर्दछ भन्ने लाग्दछ ।

उम्मेद्वारी घोषणालाई हेर्दा त कांग्रेसको नेतृत्वको लागि नै धेरैका विचमा भिडन्त हुने देखिन्छ त <

हो अहिले धेरै नेता ज्युहरुले विभिन्न पदमा इच्छा देखाइरहेको वाहिर आइरहेको छ । सभापति पदमा समेत विभिन्न चर्चा परिचर्चा भैरहेको छ । कांग्रेसको विगतको महाधिवेशन र त्यस अघिको पृष्ठभुमीलाई हेर्दा समेत खासगरी २ वटा समुह वनेको देखिन्छ , त्यो अहिले पनि नहोला भन्न सकिन्न । फेरि यो कांग्रेसमा मात्र होइन हरेक राजनितिक पार्टीमा रहेको हुन्छ , लोकतान्त्रिक पार्टीमा सवैलाई अवसर खुल्ला रहेको हुन्छ यसका लागि गुट उपगुट वन्नुलाई अनर्थ लिइरहनुपर्दैन । कांग्रेसको विगतको महाधिवेशनलाई हेर्दा समेत त्यो देखिएको थियो । रह्यो कुरा धेरै आकांक्षीको त्यो अहिले चर्चा परिचर्चा जसरी भैरहेपनि अन्ततः महाधिवेशनको मिति सम्म आइपुग्दा त्यही विगतको जस्तै २ वटै समुह नै रहन्छ भन्ने लाग्दछ ।

भनेपछि रामचन्द्र जी अन्तिममा ब्याक हुने त होला भन्न खोज्नुभएको हो  <

त्यसो पनि होइन, अहिले कांग्रेसभित्र पहिलो पुस्ताको कुरा गर्दा शुशिल कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेल हुनुहुन्छ । उहाँहरुको त्याग र योगदानलाई मुल्याकंन गर्दा उहाँहरु तीनै जना सम्मानित हुुनुहुन्छ । रह्यो कुरा पार्टी नेतृत्व गर्ने विगतमा पनि सभापतिमा उठ्नु भएको हिसावले शेर वहादुर देउवा फेरि पनि लड्न निश्चित प्रायः देखिन्छ भने यतातर्फ नेता रामचन्द्र पौडेलले आफुलाई सभापतिको उम्मेदवारको रुपमा उभ्याइसक्नुभएको अवस्था छ । पार्टी सभापति शुसिल कोइरालाले अहिलेसम्म फर्मल इन्र्फल कहिपनि खुलेर आफ्नो धारणा राखिसक्नुभएको छैन । उहाँको पनि कुरा छ । जे होस् अहिले चर्चा भएजस्तो धेरै उम्मेद्दवार वन्नुहुने छैन भन्ने लाग्छ ।

एक समुहवाट शेरवहादुर हुने अवस्था आए अर्कोवाट को हुन्छ त <

को हुन्छ, त्यो त अहिले भन्न सकिने कुरा रहेन, तर जे होस् एकजना ब्याक हुनुहुन्छ, अर्थात भनिने गरिएको संस्थापनवाट पनि एक जनानै उम्मेद्वार वन्नुहुन्छ ।

एकजनानै भन्दा त रामचन्द्र पौडेल नै ब्याक हुने हो कि, के भन्न खोज्नुभएको स्पष्ट पार्नुहोस् न  <

रामचन्द्र दाई अहिले देश दौडाहामा लागिरहनुभएको छ । उहाँ सम्मानित नेता हो, उहाँ पार्टीलाई चाहिदा हरेक समय खट्ने नेता हो । उहाँको भुमिकालाई केवल पदसँग नजोडौं तर यति चाँहि के हो भने अहिले जस्तो संस्थापनवाट सुनिने गरी उम्मेद्वारी रहँदैन भन्ने लाग्दछ ।

सभापति वाहेक पदाधिकारीमा पनि नेताहरुको चर्चा हेर्दा प्रतिष्पर्धा दरो हुने देखिन्छ नि <

हो अहिले विभिन्न संचारमाध्यमहरु तथा पत्रकार सम्मेलनहरुमार्फत नेता ज्युहरुले नेतृत्वमा आउने इच्छा जनाइरहनु भएको सुनिन्छ । तर म युवा पुस्ताको प्रतिनिधिको नाताले दुःखका साथ यो भन्नु परिरहेको छ कि पार्टीमा जुन दोस्रो पुस्ताको नेताहरु हुनुहुन्छ उहाँहरुले आफुलाई पार्टी नेतृत्वमा आफुलाई पुर्याउने खालको भुमिका खेल्न सक्नुभएन । पार्टी महाधिवेशनको अन्तिम समयमा पुस्ता हस्तान्तरणको कुरा गरेपनि त्यस पुर्व पार्टी नेतृत्वका आधारभुत तयारी समेत नगरिएको देखिन्छ । पुस्ता हस्तान्तरणको कुरा पनि गर्ने तर दरो गरी खुट्टा पनि नटेक्ने प्रवृत्ति देखिएको छ । पार्टीभित्र दोस्रो पुस्ताका नेताहरुको वार्गेनिड वढि देखिएको छ । दोस्रो पुस्ताको नेताहरुले त्यो अनुरुपको भुमिका व्यवहार प्रर्दशन नगर्दा पार्टीभित्र तेस्रो पुस्ता सवैभन्दा वढि समस्यामा परेको छ ।

दोस्रो पुस्ताले अपेक्षाकृत भुमिका नदेखाएको भन्न खोज्नुभएको हो <

दोस्रो पुस्ता वलियो नेतृत्वदायी वन्न सक्दा स्वभाविक रुपमा त्यसको प्रभाव तेस्रो पुस्तामा पर्दछ, तर जुन ढंगवाट दोस्रो पुस्ता पार्टीमा देखिनुपर्दथ्यो त्यस्तो देखिएको छैन, दोस्रो पुस्ताको सही भुमिकाले तेस्रो पुस्ता स्टेड वन्दछ ।

तेस्रो पुस्ताको कुरा गर्दा प्रतिनिधित्वको कुरा छ, पहल के भैरहेको छ <

हो, पक्कैपनि अहिले कांग्रेसभित्र तीन पुस्ता एउटै समितिमा रहेको देखिन्छ । अहिले यो महाधिवेशनमा तेस्रो पुस्ताको यथोचित प्रतिनिधित्वको लागि हामीले लविड गरिरहेका छौं । कुनै गुट उपगुटभन्दा माथि उठेर युवाको प्रतिनिधित्वलाई लिएर छलफलहरु घि वढिरहेको छ ।

तेस्रो पुस्तावाट पदाधिकारीमा कसलाई पठाउने केही गृहकार्य भएको छ कि <

को जाने, कुन पदमा जाने भन्ने तर्फ अहिले सोचिएको छैन , जेहोस् कम्तिमा पदाधिकारीभित्र युवा पुस्ताको सहभागितातर्फ हाम्रो फोकस रहेको छ ।

तपाई मधेशवाटै प्रतिनिधित्व गर्नुहुन्छ, मधेश सम्वन्धमा कांग्रेसले ध्यान नदिएको देखिन्छ नि <

मधेशलाई कांग्रेसले कहिल्यै छोड्न सक्दैन । भोटको हिसावले हेर्ने हो भने पनि कांग्रेसको निम्ति तराई मधेशको भुमिका महत्वपुर्ण छ । पछिल्लो निर्वाचनलाई हेर्दा समेत अहिले जो मधेशी जनताको अधिकारको लागि भनेर आन्दोलन गरिरहेको भनिरहेका छन् उनीहरुलाई भन्दा त्यहाँका जनतालाई कांग्रेसलाई पत्याएका थिए । अहिले पनि कांग्रेस नै तराईको पहिलो पार्टी हो । कांग्र्रेस देशकै नेतृत्वदायी पार्टी भएकाले हिमाल, पहाड र तराईवासी सवैको माग सम्वोधन गर्न सक्ने सामथ्र्य राख्दछ । समस्या सहीतको इस्यु रेज गर्न जसले पनि सक्दछ । जो अहिले भैरहेको छ । समाधान दिने भनेको कांग्रेसले नै हो । त्यसैले कांग्रेस मधेशको मामिलामा गम्भिर थियो र रहेको छ ।

मधेश पार्टी निम्ति अहं हो भन्नुभयो विगतका महन्थ ठाकुर, पुर्व राष्ट्रपति डा रामवरण यादवलाई छाडेर कुरा गर्दा त्यसपछि पार्टी मधेशी समुदायका प्रतिनिधिको यथोचित उपस्थिति देखिएन नि < 

होइन पार्टीमा भुमिकाको कुरा गर्दा व्यत्तिमा पनि भर पर्दछ । अहिले पनि हाम्रो पार्टीमा विमलेन्द्र निधिहरु जस्ता मधेशका नेताहरु हुनुहुन्छ , म पनि मधेश मुलकै हो तर यहाँ मुख्य कुरा कसैले दिने भन्दा पनि लिने हैसियतमा पुग्नुपर्दछ पदमा प्रतिनिधित्वलाई हेरेर मात्रै कांग्रेसले मधेशीलाई स्थान दिएन भन्न नमिल्ला ।

अहिले मधेशमा समस्या देखिनुको कारण मधेश केन्द्रीत दलका अवान्छित क्रियाकलाप हो या मुख्य दलहरुको कमजोरी के देख्नुहुन्छ <

यसमा दुइ वटै कुरा छ । अन्तरिम संविधानमा जो थिए सवै कुरा एडेरेश(सम्वोधन) अहिले संविधानमा हुन नसकेकै हो । एमाले, एमाओवादी लगायतको वामपन्थी पार्टी मधेशप्रति इमान्दार भएनन् जसको कारण त्यो हुन पुग्यो । अर्को तर्फ हामी सहमती वाटै अघि वढिरहेका थियौं, संविधान संसोधन गर्न सकिन्थ्यौं तर त्यसो नगरी संविधान नै वन्न नदिने खेलमा मधेश केन्द्रीत दलहरु लागेका थिए । विगतको संविधानसभामा समेत संविधान वनाउने मामिलामा गम्भिर नभएका ती दलहरुको भुमिका अहिले पनि त्यस्तै देखियो, खाली इस्यु(समस्या) राइज गर्ने  र समाधान नदिने खाली भोटको राजनिति गर्ने र पाए सत्तामा गैहाल्ने जुन प्रवृत्ति थियो त्यो अहिले पनि देखिएको छ जसका कारण पनि समस्या वल्झिएको छ । सत्ता  र आर्थिक लाभ मात्र हेर्ने मधेशी दलहरुको भुमिका र केही संविधान निर्माण क्रममा देखिएको मतभिन्नताले यो समस्या आएको हो, तर अव विस्तारै हल हुँदै गएको छ । सिमांकनको विषयमा वढि गम्भिर भएर प्राविधिक रुपमा समेत कम त्रुटिरहीत गरेर अघि वढ्नुपर्दछ । दिर्घकालसम्म कुनै द्धन्द्ध वा समस्या नवल्झने गरी समाधान खोजिनुपर्दछ त्यसको आशा देखिएको छ ।

सरकारको भुमिकालाई कसरी हेर्नुभएको छ <

वर्तमान सरकार मधेशमा गरिएको आन्दोलन रोक्न र मधेश समस्या समाधान गर्ने सवालमा पुरै गैर जिम्मेवार ढंगले प्रस्तुत भैरहेको छ । मधेश आन्दोलनका कारण अहिले जनता समस्यामा छन् जनताको समस्या समाधान गर्नुभन्दा यसको वहानामा भैरहेको कालोवजारीलाई प्रश्रय दिने काममा सरकार लागेको छ । अहिले सरकारले कालोवजारीको अर्थव्यवस्थालाई समानान्तर रुपले चलाइरहेको छ । न सरकारलाई ट्याक्स आउँछ न के ही सिमित व्यक्ति मोटाउने प्रवृत्तिलाई जानाजान वढावा सरकारले दिइरहेको छ । वर्तमान सरकार र सरकारका प्रधानमन्त्री केप ीओली जिम्मेवार वन्ने हो भने धेरै समस्या समाधान हुने देखिन्छ ।

यो समस्याको पछाडि छिमेकी भारतलाई देखाइन्छ तपाईको भनाई के छ <

भारतले अप्रत्यक्ष रुपमा भनौं या अघोषित रुपमा नाकावन्दी गरेकै छ । तर यहाँ हामीले के वुझाउन सकेनौं भने हाम्रो समस्या हामी आफैं समाधान गर्न सक्षम छौं । संविधान संसोधन गर्न सकिन्छ । भारतको संविधान पनि १ सय ५० भन्दा वढि पटक संसोधन भैसकेको छ, संविधान वन्दा त्यहाँ १६ राज्य थिए, अहिले २९ पुगिसके । त्यसैले आवश्यकता र समयले मागेपछि परिवर्तन वा संसोधन गर्न सकिन्छ । आवश्यक परे नेपालको संविधान पनि संसोधन हुनसक्छ भन्ने कुरालाई भारतलाई वुझाउन नसकिएर हो या अरु कुनै कारणले हो तर यी सवैभन्दा महत्वपुर्ण पाटो भनेको हामी सक्षम छौं । यो हाम्रो आन्तरिक विषय हो भनेर भन्न सक्नुपर्दछ र भारतले पनि त्यो वुझ्नुपर्दछ । रह्यो कुरा भारतको विरोध वा अरु अरु पक्ष कसैलाई गालीगलौज गर्नुभन्दा आफु सक्षम हुने दिशामा लाग्नुमा नै वुद्दिमानी ठहरिन्छ ।

अन्त्यमा, महाधिवेशनमा तपाईको तयारी के छ <

त्यस्तो केही सोच वनाइसकेको छैन । टाइम छ, जिल्ला अधिवेशनहरु सकियोस् । टिम र साथीहरुसँग सल्लाह अनुसार अघि वढ्ने सोचेको छु ।