आई लभ नेपाल ग्लोबल मुभमेन्ट -बुद्धिसागर बश्याल



बुद्धिसागर बश्याल

नेपाल छोडेको दश बर्ष भईसकेछ | हिजो जस्तै लाग्छ, पासपोर्ट हातमा लिएर लगेज लतार्दै विदेशतिर लागेको | आफैलाइ विश्वास थिएन म बिदेशमा बस्छु भन्ने | कहिल्ल्यै सोचेको पनि थिईन ! तर रहर, बाध्यता, आवश्यकता र संयोगहरुका कारण बसियो |

विदेश बसेपनि देश दुख्न छाड्दो रहेनछ | झन् झन् खेलिरहदो रहेछ मनभरी | मलाइ जस्तो भयो, सबैलाई त्यस्तै हुदो रहेछ | यस दर्बियानामा मैले भेटेका आफन्त र साथीभाईहरुका अनुभबको साटासाटबाट त्यही पत्ता लगाएँ |

त्यसैले मैले सोचे देशको लागि केहि गर्नुपर्छ | आखिर देशका लागी केहि गर्न देश मै हुनु त पर्दैन नी | जहाँ छु त्यहीबाट गर्न सकिन्छ, गर्न सक्छु | यही दश बर्षे विदेश बसाई र भोगाईबाट निस्केको एक विचार थियो यो आई लभ नेपाल ग्लोबल मुभमेन्ट |

बिदेसमा बसेर आफुले जानेका सिकेका कुराहरुले नेपालमा बस्ने तथा बिदेसमा बस्ने नेपालीहरुलाई  एकजुट बनाउने र मिडिया मार्फत सहयोग गर्ने सोच पनि साथसाथै छ |
नेपाललाइ कसरी सम्बृद देश बनाउन सकिन्छ भनेर सोच्दा मेरो दिमाखमा आएको हो यो अभियान।

नभएको कुरा गरेर समय बर्बाद धेरै गर्नु भन्दा भएका कुरामा विकास गर्नु सके मात्रै देश् र जनताको उन्नति हुन्छ। मैले त्यही सोचे | हामी अरु कुरामा अल्झिरहेका छौं | बिदेशमा बसेर नेपालका पार्टीका संगठन विस्तार गरेको देखेको छु | संगठित हुनु राम्रो हो | तर उद्देश्य देशको हित र आफ्नै सन्ततिको उज्ज्वल भबिष्यका लागि छ की छैन भन्ने पनि सोच्नु जरुरि छ | संगठित भएर त्यही पक्ष र बिपक्षमा विभाजित हुदैछौं | भएको सानो नेपाली समुदायमा पनि बिभाजनका थुप्रै धर्साहरु हामीले देखेका छौं |

मेरो उद्देश्य त्योभन्दा  माथि उठौं भन्ने हो | मात्र देशको भूगोल सम्झौं र हाम्रो पबित्र भावनाले काम गरौँ |

 त्यसैले, नेपाल यी ४ कुराहरु Advanturous Nepal, Culture Nepal, Musical nepal & Spiritual Nepal  नेपालको सस्कृति, सुन्दरता संगीत अनि हिन्दु धर्म र बुद्ध धर्मको अध्यनको लागी नेपाल राम्रो स्रोत हुन सक्छ। यी चार कुराको विकास गर्यो भने नेपालीले बसी बसे खान पुग्छ तर त्यसको लागि न नेपाली तयार छन् न सरकार । सबै थोक भएकै छन् तर त्यसलाइ व्यापार बनाउने र देश्- विदेशमा प्रचार गर्ने कसैको ध्यान देखिदैन।

मेरो यो अभियान गत वर्षदेखि फेसबुकबाट सुरु गरि नेपालका हरेक प्रख्यात ठाउहरु पुगे | त्यहाँ पुगेर मैले भिडियो पनि खिचेको छु र सर्ट फिल्म बनाउदै र फेसबुक मार्फत प्रचार प्रसार गर्दै आएको छु |

भुकम्प जाँदा समाचार आदान प्रदान गर्नेदेखि भुकम्प पिडितलाई सहयोग जुटाउन समेत सफल भयौं | चाहे नेपाल र  भारतको द्वन्दमा होस् चाहे नेपालको प्रचार प्रसारमा होस् यो अभियान र फेसबुक पेज सधै एउटा स्रोत बनेको छ | अहिले एक हप्तामा १० लाख भन्दा बढीको भिजिट छ यो पेजमा मात्रै।

Be with Nepal नामक सोचबाट सुरु भएको गोरखाको स्कुल बनाउने काम ७० हजार क्यानेडियन डलर उठाउन सफल भएको छ | उक्त स्कुलको निर्माण काम पनि सुरु भइसकेको छ | क्यानाडाका थुप्रै सङ्घ सस्थाको सहयोग प्राप्त भईरहेको छ | यो अभियान केवल नेपाल र नेपाली समुदायलाइ सहयोग गर्ने अभियान हो | मात्र नेपाल समृद्ध बनाउने अभियान |

मेरो अभियान नेपालको संगीततर्फ छ | नेपाली संगीतलाई विश्वस्तरमा पुर्याउने सोच पनि यहि अभियानबाट सम्भव छ |


हाल: क्यानडा