नेपाल जापान बिद्यार्थी समाजको छलफल सम्पन्न

ह्याप्पी बन्धु "बिश्व"
जनवरी १२ जापान /


      जापान ( टोक्यो )  नेपाल जापान विधार्थी समाजको अग्रसरतामा एक कार्यक्रमका विच जापानमा रहेका विभिन्न संघसंस्थासँग छलफल कार्यक्रम सम्पन्न भएको छ ।


जापानमा रहेका सकृय सस्थाहरु हामिले नगरे कसले गर्ने अभियान, एम आर आर जापान, हाइजिमा युथ क्लव जापान, एक्जिट प्रोडक्सन हाउस लगायतका सङ्घ सस्थाहरुसँग विधार्थीका समस्याका विषयमा विशेष छलफल सम्पन्न भएको हो ।

 पछिल्लो समय नेपाली विधार्थीहरुले जापानमा पाउदै आएको समस्या सेन्मोन गाक्कोउ , दाइ गाक्कोउ लगायत अन्य समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर पनि छलफल भएको थियो । त्यसैगरी जापानमा कुकहरुमा देखिएको मुख्य समस्याको विषयमा पनि छलफल भएको थियो ।

सिनोकोबुस्थित मम् रेष्टुरेन्ट हलमा सन्चालन गरिएको छलफल कार्यक्रममा हामीले नगरे कस्ले गर्ने अभियानका अन्तराष्ट्रिय संयोजक तथा नेपाल विधार्थी समाजका सल्लाहाकार  दिपक बाबु नेपालको प्रमुख आथित्यतामा सम्मन्न कार्यक्रमको सस्थाका केन्द्रिय अध्यक्ष सन्तोष चोखालको अध्यक्षतामा  सम्पन्न भएको थियो ।

कार्यक्रम महासचिब चेतन पौडेलले संचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा हामीले नगरे कस्ले गर्ने अभियान, यम आर आर समुह , हाइजिमा युथ क्लब, एक्जित  प्रोडक्सन हाउस र जापानमा अध्ययनरत विधार्थीहरु सहभागी थिए । सोही कार्यक्रममा नेपाल जापान विधार्थी समाज जापानको केन्द्रिय समितिमा  ४ सदस्य  मनोनित गरिएको छ ।  सुनिता वाइवा , राजेन श्रेष्ठ ,बिप्लब सुबेदी , बिनुका खड्कालाई मनोनित गरेको  छ ।

 मनोनितहरुलाई  कार्यक्रमका  प्रमुख अतिथी दिपक बाबु नेपालले खादा लगाएर बधाई दिनुभएको थियो । कार्यक्रम सस्थाका केन्द्रिय अध्यक्ष चोखालले समापन भएको घोषणा गर्नु भएको थियो ।