कम्युनिष्ट व्यहारिक छैनन् -बाबुराम भट्टराई

काठमाडौ/  एकीकृत माओवादी परित्याग गरेर नयाँ शक्ति निर्माण अभियानमा लागेका डा. बाबुराम भट्टराईले नयाँ पार्टी ‘लेफ्ट–डेमोक्रेटिक’ हुने बताएका छन् ।

बुधबार उनकै निवास सानेपामा पत्रकारसँग कुरा गर्दै भट्टराईले नयाँ बन्ने पार्टीका विषयमा बोल्दै भने, ‘नयाँ पार्टीको आइडियोलोजी सम्भवतः लेफ्ट–डेमोक्रेटिक हुनेछ ।’

भट्टराईले नयाँ बन्ने पार्टीले विकास निती अंगाल्ने समेत बताएका छन् । भट्टराईले भने, ‘हामी विकास नीतिलाई अंगालेर अघि बढ्छौँ ।’ १० वर्षे जनयुद्ध र त्यस अघि बाबुरामले कम्युनिस्ट पार्टीमा रहेर गरेका प्रतिवद्धतालाई लत्याउदै बुधबार नयाँ पार्टीमा कम्युनिस्ट शब्द नरहने बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नेपालमा नेपालका अहिले देखिएका कम्युनिष्ट शक्ति पनि व्यहारिकरुपमा कम्युनिष्ट नभएको आरोप समेत लगाएका छन् ।

भट्टराईले नयाँ बन्ने पार्टीको तदर्स समिति केही दिनमै घोषणा हुने समेत बताएका छन् । उनले भने, ‘केही दिनमै तदर्थ समिति घोषणा गरेर तलसम्मको सांगठनिक ढाँचा सार्वजनिक गर्छौँ ।’