हत्यागरि टाउको देखाएर शरीर गाडिएको अवस्थामा बालकको शव फेला

महोत्तरी-भटौलीया–३ बस्ने रबीन्द्र महासेठको छोरा ७ वर्षीय जेनिश महासेठको एकडाँडावेला–७ एकडाँडास्थित भटौलिया–३ बस्ने सोनालाल साहको खेतमा सोमबार शव फेला परेको छ । उनको जमिनमा शरीर गाडेर टाउको देखाएर राखिएको अवस्थामा फेला परेको हो।

घर नजिकै खेल्ने क्रममा पुस २६ गतेदेखि सम्पर्कबिहिन भएका बालकको खोजी गर्दा टाउको देखाएर गाडेको अबस्थामा शव फेला परेको हो । घटनामा संलग्न रहेको शंकामा ८ जनालाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।