धुर्मुसको व्यंग्य ओलीलाई (भिडियो सहित)

प्रधानमन्त्री के.पी. ओली जत्तिकै चर्चामा छन् हाँस्य कलाकार धुर्मुस | धुर्मुसले ओलीको हुबहु नक्कल गर्छन भनेर नेपाली दर्शकहरु भन्ने गर्छन | अचेल त ओलीले पो धुर्मुसको राम्रो नक्कल गर्ने गरेको बजार हल्ला छ | हुन पनि हो ! ओली कार्यकर्ता जम्मा पारेर जोक्स सुनाईरहेका छन् भने धुर्मुस सुन्तली सहित राहत र सहयोग लिएर बस्ति बस्ति पुगिरहेका छन् |

प्रधानमन्त्रिले आफ्नो काममा दखल पुर्याएको ठानेर होला धुर्मुसले नयाँ हाँस्य व्यंग्य भिडियो सार्बजनिक गरेका छन | जसमा धुर्मुस प्रधानमन्त्री बनेर पत्रकारलाई अन्तर्वार्ता दिईरहेका छन् | हेरौं भिडियो :