अर्को सातादेखि पूर्ण तौलका सिलिन्डर

काठमाडौं –सरकारले आगामी सातादेखि पूर्ण तौल (१४.२ किलो) का सिलिन्डर  उपलब्ध गराउने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघ, वाणिज्य तथा आपूर्ति विभाग र नेपाल आयल निगमको सहमार्यमा आपूर्ति मन्त्रालयले आगामी सातादेखि पूर्णतौलको सिलिन्डर उपभोक्तालाई बिक्री गर्ने तयारी गरेको हो । गत असोजदेखि भारतबाट पर्याप्त मात्रामा ग्यासको आपूर्ति नहुँदा सरकारले कात्तिक ११ गतेदेखि १४.२ किलो तौलको ग्यास ७.१ किलोको गरी दुईवटा सिलिन्डरमा बाँड्ने व्यवस्था गरेको थियो ।

वाणिज्य विभागका निर्देशक हरिप्रसाद बेलबासेले ग्यासको आपूर्ति बढेकाले भरि सिलिन्डर उपलब्धख गराउन लागिएको जानकारी दिए । अहिले सरकारले आधा तौल भएको सिलिन्डर उपभोक्तालाई बिक्री गर्दै आएको छ । (अन्नपूर्ण पोस्ट)