जवाफ मागौं किन गरियो जनहत्या ?

शिव मल्ल,
माघ १६, शनिवार २०७२
  देशको माया देशमा रहदाभन्दा विदेशमा रहदा बढी आउदो रहेछ | जसरी घर छाडेर केहि दिनको लागि बाहिर जादा घरको सम्झना बढी आउने गर्दछ | आज म विदेशमा छु तर देशको मायाले औधी सताईरहेको छ |
  हजारौं माईल टाढा सात समुन्द्र पारी म छु | यो संसारको अति बिकशित देश हो | अमेरिका भनेपछि मान्छेको सपनाको देश हो | को होला र अमेरिका जस्तो देशमा एक पटक खुट्टा टेक्न नचाहने ? जति नै बिकशित देशका मान्छे पनि यो देशमा आउन चाहना राख्दछन | म पनि केहि बर्षदेखि यहि देशमा छु |
  अमेरिका संसारको युवा देश हो | कोलम्बसले पत्ता लगाएको देश | पत्ता लगाउने व्यक्ति नै अर्को महादेश र अर्को देशका मान्छे | कोलम्बसले पत्ता लगाएपछि अमेरिका आप्रबासीहरुको देश बन्न थालेको हो | संसारका हरेक कुनाका मान्छे यहाँ छन् | हरेक बिबिधतालाई अमेरिकाले आत्मसाथ गरेको छ | यो आफैमा एउटा सुन्दर र बिशाल देश हो | त्यसमाथी संसारका हरेक मानिसको उपस्थिति र उनीहरुको रहन सहन, पोशाक र धर्म संस्कृतिले गर्दा अमेरिका एउटा खुल्ला र सक्षात म्युजियम जस्तो लाग्दछ | जता पनि नयाँ, जता पनि सुन्दर !
  यो लेख लेख्नुको मुख्य उद्देश्य भनेको एउटा देशको बिकासमा मानवले खेल्न सक्ने भूमिकाको चर्चा हो | अमेरीकाको शुरुवाती दिनहरु त्यति आशा लाग्दा थिएनन | मानव बिहान एउटा बिशाल भुमी नै यसको परिचय हुन सक्थ्यो होला | तर जब संसारका मानिसहरु बिबिध कारणले यहाँ आएर बसोबास गर्न थाले अमेरिकाको विकासले गति लिन थाल्यो |
  अमेरिकी ईतिहास पढ्दा लाग्दछ की यो देशले सहाराबिहिनहरुलाई सहारा दिएको छ | मानिसहरु रहरले भन्दा पनि बाध्यताले आफ्नो प्यारो जन्मभुमी छोडेर यहाँ आएका छन् | धेरैको बाध्यता मेरो जस्तै राजनीतिक हुने गरेको देखेको छु | आफ्ना बाबुआमाको न्यानो काख, आफन्तको प्रेम साथीभाईको साथ् अनि भर्भराउदो जवानीमा भएको सम्पति सबै चटक्क छाडेर एउटा अनिश्चित यात्रा शुरु गर्दा मेरो मनमा सुन्यता बाहेक केहि थिएन | म कहाँ जादै छु म आफैलाई थाहा थिएन | मर्नुभन्दा बहुलाउनु निको भन्ने नेपाली उखानले मलाई सधै बाँच्ने प्रेरणा दिईरह्यो | बाँच्ने उपायको खोजी गर्दै जादा म अमेरिका आएको हु | यो बिकशित देशको विकास र प्रगतिको बारेमा जति नै लेखेपनि अधुरो हुनेछ | तर म मेरो देश सम्झेर मेरो देश संचालन गर्ने पार्टी र नेताहरुलाई आज पनि एउटा कुरा फेरी भन्न चाहन्छु की दण्डहिनताले देश अगाडी बढ्दैन |
यो देशको सहि विकास गर्ने हो भने सबैभन्दा पहिला मानव अधिकारको सुनिस्चितता गर | व्यक्तिगत स्वार्थका लागि राजनीतिको खोल ओढेर १७ हजार नेपालीको हत्या गर्नेहरुको एक एक पहिचान गर र तिनीहरुलाई दण्ड देउ | किन तिनीहरुले दश बर्षसम्म निर्दोष नेपाली सर्बसाधारणको हत्या गरे राज्यले त्यसको जवाफ माग्नु पर्दैन ?
 स्कुल पढ़ाउदै गरेको शिक्षकलाई कक्षाबाट निकालेर बिद्धार्थीका अगाडी घांटी रेटेर किन हत्या गरियो ? एउटा गाउँको सामान्य जनप्रतिनिधिलाई परिवारका सदस्यहरुसंग खान खादै गरेको अवस्थामा समातेर परिवार कै अगाडी किन हत्या गरियो ? मान्छेलाई ओर्लन पनि नदिएर भरी बसमा पेट्रोल छरेर किन आगो लगाईयो ? छुट्टीमा घर गएको निहाथ्या सेना र पुलिसलाई कब्जा गरेर मारियो किन ? पार्टीमा लग्न नमानेर र चन्दा दिन नमान्दा हामी जस्ता नवयुवालाइ गाउँ र देश नै छाड्न बाध्य किन पारियो ? यसको उत्तर कसले माग्ने ? जबकी तिनै हत्याराहरु केहि बर्षदेखि नेपालको राजनीतिमा खुलेआम सक्रिय छन् |
जसको डरले गाउँ र देश छाड्नु पर्यो उनीहरु नै देशको शाशन गर्ने ठाउँमा छन् | खुल्ला राजनीतिमा सक्रिय छन् | राजनीति खुल्ला गरेपनि उनीहरुले भूमिगत हुदा गर्ने चन्दा संकलन, अपहरण र मान्छेको हत्या गर्ने काम बन्द गरेका छैनन् | यस्तो तानाशाही, कम्युनिष्ट आताताहीहरुलाई खुलम खुला हिड्न दिनु कदापी देश र जनताको हितमा छैन | यिनीहरुलाई एक एक गरेर समात्नु पर्दछ र अन्तराष्ट्रिय अदालतमा हाजिर गराउनु पर्दछ |
  अहिले यिनीहरु दश बर्षसम्म जनता र राज्यको ढुकुटीबाट लुटेको सम्पत्तिलाई प्रयोग गरेर देशको शासन व्यवस्थामा हालीमुहाली गर्ने बाटोमा अग्रसर छन् | जनताको मतबाट होइन डर धम्कीबाट शासन सत्ता हात पर्ने दाउमा छन् र आफुहरुले गरेका काला कामहरुबाट सफाई लिने शुरमा छन् |
  म मेरो देशका अन्य प्रजातान्त्रिक पार्टीहरुसंग अनुरोध गर्न चाहन्छु की यिनीहरुको कुरामा विश्वास नगर्नु होला | माओबादीले दश बर्षे 'जनक्रान्ति' नामक जनहत्याको राजनीति किन गरेका रहेछन भन्ने कुराको बिस्तारै पर्दाफास हुदै छ | अझै पनि यी आडम्बरीहरुको पन्जाबाट देशलाई बचाउन सकिएन भने देश छिट्टै कम्युनिष्टहरुको हातमा जानेछ | देश बिकासको पथमा होइन बिनासको बाटोमा जानेछ |