जब ओबामाले आशु झारे

एजेन्सीः

 अमेरिकी राष्ट्रपति बाराक ओबामाले बन्दुक खरिदमा कडाईको कानुनमा कार्यकारी निर्देशन जारी गरेका छन् | ह्वाइट हाउसमा एक भावुक सम्बोधन गर्दै राष्ट्रपति ओबामाले रुदैरुदै बन्दुक खरिदमा कडाई गर्ने कार्ययोजना सार्वजनिक गरेका हुन् ।

सन् २०१२ मा स्याण्डी हुक प्राथमिक विद्यालयमा कक्षा एकका २२ जना बिद्धार्थी मारिएको प्रसंग उठाउदै ओबामा भावुक भएका थिए | "जति पटक म बालबालिकाहरु सम्झन्छु म भावुक हुन्छु |" आँखामा आएको आँशु पुछ्दै उनले भने "त्यस्तै समस्या शिकागोका सडकहरुमा हरेक दिन हुने गर्छ|"

उनले बन्दुक राख्न पाउनुपर्छ भन्नेहरु कंग्रेसलाई बन्दक बनाउन सफल भएको समेत आरोप लगाएका थिए ।

ओबामाको बन्दुक खरिदमा कडाई गर्ने योजनाको रिपब्लिक नेताले चर्को विरोध गरेका छन् ।  रिपब्लिक नेताले ओबामाको त्यो निर्णय विरुद्ध अदालतमा जाने चेतावनी समेत दिएका छन् ।

 आसन्न राष्ट्रपती निर्बाचनमा रिपब्लिकका तर्फबाट उमेद्वारको सम्भावित नेता डोनाल्ड ट्रम्पले ओबामाको यो निर्देशनलाई पहिलो दिन मै निस्क्रिय बनाउने घोषणा गरेका छन् | उता डेमोक्रेटिकका तर्फबाट सम्भावित उमेद्वार हिलारी क्लिन्टनले ओबामाको निर्देशनको स्वागत गर्दै यसको बचाउका लागि आफ्नो उमेद्वारी र विजय अपरिहार्य भएको बताएकी छन् |