प्रत्यक्ष प्रणालीद्धारा एमआरपी राहदानी


विष्णु शर्मा 
वासिङटन डिसी अमेरिका 
जनवरी ८
अमेरिकास्थित नेपाली नागरिकले अब मेसिन रिडेबल राहदानीका लागि  प्रत्यक्ष दर्ता प्रणालीद्धारा आवेदन दिनसक्ने भएका छन् । नेपाली राजदूतास वासिङटन डिसीद्धारा आजदेखि मेसिन रिडेबल राहदानीको ‘ल्ँँइभ इनरोलमेन्ट सिस्टम’को व्यवस्थापन गरेपछि  सिधै एमआरपी राहदानीको लागि आवेदन दिन सक्ने भएका हुन् । 

यस प्रणालीमार्फत् आवदेन दिने पहिलो सेवाग्राही धरमपुर पाँच झापाका अनुप घिमिरे हुन् । उनको आवेदन अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले सफ्टवेयर प्रणालीद्धारा राहदानी विभाग, काठमाडौं पठाएर यस प्रणालीको शुरु गर्नु भएको थियो । 

कसरी भर्न सकिन्छ  ? 

राजदूतावसामा स्थापित प्रत्यक्ष दर्ता प्रणाली केन्द्रमा आवदेक स्वयं उपस्थित भइ फारम भर्नुपर्ने हुन्छ । साथै, विद्युतीय –इलेन्ट्रोनिक) हस्ताक्षर र औठाछाप दिनुपर्छ । यस प्रणालीअन्तर्गत आवेदन दिने नेपाली नागरिकले हाल प्रयोग गरिरहेको सक्कल राहदानी, सक्कल नागरिकता, मनी अर्डर र हालै खिचेको २ वाई २ साइजको एउटा फोटो लिएर राजदूतावासमा स्वयं उपस्थित हुनुपर्छ । 

आवेदनहरुको सबै कागजपत्र दूतावासका अधिकारीहरुले रुजु गरेर प्रमाणित गरेपछि मात्रै प्रत्यक्ष दर्ता प्रणालीमा फारम भर्ने काम शुरु हुन्छ । फारम भरिसकेपछि निवदेन फाम तत्कालै राहदानी विभाग काठमाडौं पठाइन्छ । राहदानी फारम राहदानी विभाग काठमाडौंमा प्राप्त भएको जानकारी निवदेक वा आवेदकले इमेलबाट पाउने छन् । 

यसैगरी अब केही समयभित्रै नेपाली महावाणिज्यदूतावास, न्यूयोर्कबाट पनि प्रत्यक्ष दर्ता प्रणालीद्धारा मेसिन रिडेबल राहदानीको कार्य शुरु गरिने जानकारी राजदूत डा. कार्कीले दिनुभएको छ । साथसाथै दूतावासद्धारा अन्य विभिन्न राज्यहरुमा यस प्रविधिमार्फत् सेवा पु¥याउन समय समयमा दूतावासका टोलीसमेत खटाइने दूतावासले प्रेस विज्ञप्तीमार्फत् जनाएको छ । 
विष्णु शर्मा