पिरती साटौलाको भिडीयो क्यालिफोर्नियामा छायांकन


टेक्सास जनवरी १९
सरगम सञ्चार नेपाल प्रालीको प्रस्तुती रहेको गीति संग्रह कृपामा संग्रहीत पिरती साटौला बोलको गीतको म्यूजिक भिडीयो क्यालिफोर्नियामा छायांकन गरिएको छ । हलिउडका प्राबिधीक संगको सहकार्यमा बनेको म्यूजिक भिडीयोको छायांकन २० बर्ष हलिउडमा क्यामेरा चलाएका क्यामेरामेन जोन ले ब्लयाक म्याजीक फोर के क्यामेराले खिचेका हुन भने निर्देशन अमेरिकामा निर्देशन कोर्ष गरेका नेपाली यूवा सन्तोष न्यौपानेले गरेका हुन ।

म्यूजिक भिडीयोमा सिभिस क्षेत्री र प्रार्थना कार्कीले अभिनय गरेका छन । दुबैले अमेरिकामै अभिनय कोर्ष गरिरहेका छन । म्यूजिक भिडीयोमा श्रुति प्रसाई , बिनायक गुरुङ्ग संगै अमेरिकी नागरिक एन्ने फिफिता र रोज हर्न स्टेनको पनि अभिनय छ । म्यूजिक भिडीयोमा हलिउडकै सिम्थीया पेपरको कोरीयोग्राफी रहेको छ । बसन्त बिवस आचार्यको शब्द श्रीकृण्ण बम मल्लको संगीत र रामचन्द्र काफ्लेको स्वर रहेको गीतको म्यूजिक भिडियो तयार गर्नका लागि सम्पूर्ण कामको संयोजन हलिउडमा रहेर चलचित्र निर्माणमा ग्रयाजुएट गर्दै गरेकी नेपाली कृति शर्मा र  समुन्द्र कार्कीले गरेको एल्बमका निर्माता किशन रेग्मीले बताएका छन ।

छायांकनमा अमेरिका स्थित अर्वान करी नेपाली रेष्टुरेन्टका पुर्ण शेर्पाको बिशेष सहयोग रहेको थियो । भिडियो केहि दिनमै सार्बजनिक गर्ने तयारी भएको छ । कृपाका अन्य गीतहरुको पनि छिटटै म्यूजिक भिडियो बनाउने तयारी भैरहेको रेग्मीले बताएका छन ।
कृपा एल्वमका अन्य गीतमा किशन रेग्मी, लोकराज अधिकारी,शरदचन्द्र काफ्लेको शब्द रचना रहेका छन । भने शिब परियार मोहन मन्जील र रिब्सन खाती क्षेत्री स्वर रहेको एल्वममा ठाकुर दुलाल, नरहरी प्रेमी लगाएतको संगीत रहेको छ ।

,