टिभीमा बहस चलेकै बेला भूकम्प अाएपछि... (भिडियो)

काठमाडाैं-भारतको मानिपुर केन्द्र बनाएर अाएको ठूलो भूकम्पले नेपालको राजधानी काठमाडाैं लगायत देशका पूर्वी र पश्चिम भागेका जिल्लाहरूमा समेत धक्का दियो। तर नेपालमा कुनै अप्रिय क्षति भएन। भारतमा ८ जनाले भूकम्पका कारण ज्यान गुमाए।

सोमवार विहान ४ बजेर ५३ मिनेटमा भारतको मनिपुर केन्द्रविन्दु पारेर ६ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको हो।

भारतका असाम, बिहार, मणिपुर, गुवाहाटी, डिब्रूगढलगायत पूर्वोत्तर भारतमा बढी असर गरेको विवरणहरूमा उल्लेख छ।

भूकम्पले नेपालका पूर्वी भेगका जिल्ला बढी हल्लाय। पश्चिमका जिल्लामा पनि धक्का महसुस भयो। राजधानी काठमाडौँमा पनि भूकम्पको धक्का सामान्य महसुस भयो।

भारतको एक टेलिभिजन स्टुडियोमा अन्तरवार्ताको कार्यक्रम चलिरहँदा जब भूकम्प अायो अनि के भयो ? यो भिडियो हेर्नुहोस्ः