सुष्मा र प्रमोदको ‘मिठो मिठो’

काठमाडौं माघ, १३ -गीतसंगीतका मामालामा माघ २९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चलेस बतास सुस्तरी’ अब्बल देखिएको छ । यसको शिर्ष गीतले एक प्रकारको चर्चा पाइरहँदा दोश्रो गीत पनि सार्वजनिक गरिएको छ ।
‘मिठो मिठो’ बोलको गीत सुमधुर छ । डेभिड शंकर र आंकाक्षा बस्यालको आवाजमा समावेश चलचित्रको यो गीतमा मुख्य कलाकार सुष्मा कार्की र प्रमोद भारद्धाजलाई फिचरिङ गरिएको छ । आकर्षक लोकेशनमा सुमधुर गीतको खिचाई पनि मनमोहक छ ।

नेपाली चलचित्रलाई निर्माताहरुले अहिले मेकिङमा ध्यान दिएर बनाउन थालेको पुष्टी हुँदै गएको छ । अनिला खड्का र सवु सुवेदीको निर्देशनमा तयार भएको यो चलचित्रलाई निर्माता तथा लेखक प्रदिप भारद्धाजले पूर्ण रुपमा प्रेम कथामा निर्माण गरेका छन् । विकास चौधरीको संगीत रहेको गीतमा प्रदिप भारद्धाजकै शब्द छ । हरी लामाले खिचेको यो गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।