बेलायती राजकुमार ह्यारी नेपाल अाउने

काठमाडौं- बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमण गर्ने भएका छन्। अाधिकारिक रूपमा केनसिनटोन प्यालेसले ट्विट गर्दै राजकुमार ह्यारी नेपाल आउन लागेको जनाएको हो।

प्यालेसले ट्विट गर्दै भनेको छ, 'राजकुमार ह्यारीले यो स्प्रिङमा नेपालको अफिसियल भ्रमण गर्ने छन्। यो उनको पहिलो नेपाल भ्रमण हुनेछ।' ट्विटमा भ्रमणको मिति भने खुलाइएको छैन।

दोस्रो ट्विटमा विगतमा पनि बेलायतबाट नेपालमा धेरै पटक राजकीय भ्रमण भएको उल्लेख छ।