महले जापानमा बिमोचन गरे "बिहेमा नौमती "(भिडियो सहित)

ह्याप्पी बन्धु "बिश्व"
जनवरी २ जापान /

लोकदोहोरी गितमा देश विदेशमा आफ्नो छुट्टै पहिचान गराऊदै आएका युवा तथा लोकदोहोरी गायक माधव सिग्देलको नयाँ गितको म्युजिक भिडियो एक कार्यक्रमका बीच सार्वजनिक भएको छ |

 विहेका मौसम नौमतिका गीतहरु गुन्जीरहेका वेला उनले पनि "बिहेमा नौमती " बोलको गित रहेको म्युजिक भिडीयो सार्वजनिक गरेका छन् |

 "गयो ऊमेर दिन बित्छ गन्दैमा,नेपाल फर्की बिहे गर्छु भन्दैमा" विदेशमा रहेर नेपाल फर्की बिहे गर्न नपाएको गुनासाहरु र माया प्रेममा आधारित  छ "बिहेमा नौमती"  |
पन्चेवाजाको  उक्त एल्वम मह जात्रा -२०१५ क अवसरमा जापानको  फुकुओकको  विशेष कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण क्षेष्ठ र हरिवंश आचार्यले बिमोचन गर्नु भएको थियो | सो अवसरमा वरिष्ठ लोक कलाकार वमवहादुर कार्की, कलाकारहरु नरेन्द्र कंसाकार, मोहितवंश आचार्य, यमन क्षेष्ठ, नेपाली सिने जगतकी चर्चित नायिका प्रियंका कार्कीको उपस्थीतीमा विमोचन गरिएको हो थियो |

 ऊक्त एल्वममा गायक माधव सिग्देल र गायिका देवि घर्ति मगरले स्वर दिएका छन् | लय तथा शव्द संकलन गायक माधव सिग्देल आफै गरेका छन् । आशिष म्युजिक प्रा. ली.ले सार्वजनिक गरेको म्युजिक भिडीयोको छायांकन जापानका विभिन्न शहरहरुमा गरिएको छ | गायक पुरुषोत्तम सिग्देलले निर्देशन गरेको उक्त म्युजिक भिडीयोलाई पुस्कर अधिकारीले छायांकन गरेका छन् |