पाल्पामा जन्मिए चम्ल्याहा, अामा र चार शिशु स्वस्थ

काठमाडौ-धुर्कोट-जैसिथोक रातोपोखरा– २, गुल्मीकी २६ बर्षीया गिता कुँवरले चारवटा (चम्ल्याहा) सन्तान जन्माएकी छिन्। पाल्पा तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा उनले बिहीबार चम्ल्याहा जन्माएकी हुन्। जन्मेकामध्ये दुई छोरा दुई छोरी छन्। अामा र चारैजना बच्चाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।

दुई महिना अघि स्वास्थ्य परिक्षण गर्दा गर्भमा चार बच्चा रहेका गिता र उनका पतिले जानकारी पाएका थिए। महिला तथा स्त्री रोग विषेशज्ञ डा. बुद्धी कुमार श्रेष्ठको सल्लाहाअनुसार गिता सोही दिनदेखि चिकित्सकहरुको निगरानीमा अस्पतालमा भर्न थिइन।
चिकित्सकहरु स्त्री तथा प्रशुति रोग विषेशज्ञहरु डा. बबिता थापा, डा. श्रेयषी अर्याल, डा. दिपक श्रेष्ठ, एनेस्थेसिया विशेषज्ञ डा. कल्पना खर्वुजा, बालरोग विशेषज्ञ डा. किरण पन्थी र रेसिडेन्ट डा. सेविना बानियाको टिमले सफल शल्यक्रियबाट चम्ल्याहा जन्मिएका हुन्।
बच्चाहरुको तौल पहिलो छोराको १.५  किलो ग्राम, दोस्रो छोराको १.२८, तेस्रो छोरीको १.७३ र चौथो छोरीको १.२१ किलो ग्राम रहेको डा. बुद्धी कुमार श्रेष्ठले जानकारी दिए। एकैपटकमा चार सन्तानका बुबा बनेका जनक कुँवरले पत्नी र छोराछोरीको स्वास्थ्य अवस्था सामान्य रहेकोमा खुसी व्यक्त गरे।