अमेरिकामा भेटियो टाउकोमा दाँत भएको बाघ

एजेन्सी-अमेरिकाका बन्यजन्तु अधिकारीहरुले टाउकोमा दाँत भएको बाघ भेट्टाएका छन्। आइडाहो राज्यको पहाडी भेगमा मारिएको बाघको टाउकोमा पूर्णरुपमा विकसित दाँत पाइएको हो।

यो पहाडी बाघ गत बर्ष डिसेम्बरमा कानुनीरुपमा गोली प्रहार गरेर मारिएको थियो।

आइडाहो राज्यको बन्यजन्तु विभागले बाघको टाउकोमा दाँत पलाउनु एक प्ररकारको ट्युमर पनि हुन सक्ने बताएको छ। यो बाघ जुम्ल्याहा भएको अनुमान गर्दै विभागकाले अर्को डमरूको मृत्यु गर्भमै भएको हुन सक्ने बताएको छ।

जीववैज्ञानिकले यस अघि यस प्रकारको बाघ नदेखेको बताएका छन्। यो बाघले आइडाहोमा एक कुकुर माथि आक्रमण गरेको थियो। संयोगले कुकुर बाँचेको थियो। घटनाको केहि घण्टापछि एक सिकारीले बाघलाई गोली हानेर मारेका थिए।