जापानमा संकलित सहयोग पीड़ितलाई बुझाइयो

ह्याप्पी बन्धु

   जापान ( टोक्यो ) जापानका विभिन्न सामाजिक कार्यमा सकृय ब्यक्तित्व दिपक बाबु नेपालले  पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १४ पिठुवा निवासी ब्रेन ट्युमर पिडित दोणप्रसाद ढकालको उपाचारार्थ  फेसबुक ग्रुप मार्फत सहयोग अभियान चलाएर संकलन गरेको १ लाख ३ सय ६५ रुपैया आज एक कार्यक्रमका बीच पीड़ितलाई हस्तान्तरण गरिएको छ ।

सो रकम विरामी ढकालकी धर्म पत्नी चण्डिका ढकाललाई  सामाजिक कार्यकर्ता तथा हामीले नगरे कसले गर्ने ? अभियानका अन्तराष्ट्रीय संयोजक दिपकबाबु नेपालकी आमा टीका नेपालले  हस्तान्तरण गर्नुभयको हो ।

परिवारको आर्थिक अवस्था कमजोर भएपछी बिरामी ढकालको आग्रहमा विभिन्न सहयोग जुटने क्रममा जापानबाट सो रकम संकलन गरियको दीपकबाबु नेपालले बताउनु भयो । विभिन्न स्थानीय संघसंस्थाका साथै टोलबासीमार्फत संकलित २ लाख ३० हजार र रसियाबाट कपिल तिवारीको पहलमा संकलित २ लाख ३० हजार सहित उपचारमा मात्रै ७ लाख रुपैया खर्च भइसकेको परिवारले जनायको छ ।  उहाँकी धर्मपत्नी चण्डिका ढकालका अनुसार काठमाण्डौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत ढकाल अहिले भने घरमै आराम गर्दैहुनुहुन्छ । चिकित्सकका अनुसार विरामीको अप्रेशन गरे रोग पूर्ण निको सम्भावना देखिएको छ ।

सहयोग रकम बुझ्दै विरामीकी धर्मपत्नी ढकालले मानवीय नाताले जापानमा रहेका नेपालीहरुले गरेको सहयोगले आफ्नो श्रीमानको जीवन बचाउनका लागि ठूलो सहयोग पुग्ने भन्दै सहयोगी संस्था र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहाँले श्रीमानको अप्रेशनका लागि अझै पनि पैसा नपुग्ने भन्दै सहयोगी मनहरुलाई आर्थिक सहयोग गरिदिन आग्रह गर्नुभयो । संयोजक दिपक नेपालकी आमा टीका नेपालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पिठुवा सेवा केन्द्रका प्रमुख चन्द्रमणि आचार्य, हामीले नगरे कस्ले गर्ने अभियानका सचिव अनिल ढकाललगायतले बोल्नुभएको थियो ।