अमेरिकामा राष्ट्रिय एकता दिवस सम्पन्न



प्रबासी एकता समाज  टेक्सासका अध्यक्ष  गोबिन्द सिंह ठकुरीको अध्यक्षतामा राष्ट्रिय एकता दिबस टेक्सासमा  भब्यताकासाथ सम्पन्न भएको छ |

कार्यक्र्मको सुरुवात स्वस्ती वाचन र दिप प्रज्वल्नका साथ भएको थियो । स्वस्ती वाचन आचार्य तुलसीराम शर्माले गर्नु भएको थियो भने दिप प्रज्वलन बालिका आभा पान्डेले गर्नु भएको थियो।

कार्यक्रममा नेपाली समाज टेक्सासका पुर्ब अध्यक्ष -डा. प्रेम अधिकारी, त्रि.बि. प्राध्यापक - हिरा कुमार श्रेष्ठ, युबा समाजसेबी - भानु खरेल , डाल्लास लायन्सका पुर्ब अध्यक्ष - शशी भट्टराई, अ ने सा स टेक्सास अध्यक्ष - बासु शर्मा, डाल्लास लायन्सका पुर्ब कोशाध्यक्ष्य- सुबिन्द्र थापा, इन्द्रेणि सास्कृतिक केन्द्र अध्यक्ष - नेत्र पान्डे, पशुपती इन्क - भिम कार्की, नव आगन्तुक युबा समाज्सेबी श्रीराम घिमिरे, भुटानी नेपाली कवि तथा समाजसेबी नेत्र आचार्यले बोल्नु भएको थियो |

सो अवसरमा नेपाल सरकारका उप प्रम तथा परराष्ट्र  मन्त्री कमल थापा, महामहिम राजदुत- डा. अर्जुन कार्की, सान्फ्रान्सिस्को पर्यटनदुत- अनिल पान्डे, एन आर एन अमेरिका अध्यक्ष - केशब पौडेल, नेपालि जनसम्पर्क  समिती के बरिस्ठ  उपाध्यक्ष - धनन्जय नरसिंह  के सि, नेपाली जनसम्पर्क  समिती डाल्लास च्याप्टर अध्यक्ष - ज्ञानेन्द्रकार्की, वेस्ट  टेक्सास च्यापटर अध्यक्ष - हरिबोल भन्डारी, अस्टिन च्याप्टर अध्यक्ष - प्रेम पान्डे, प्रबाशी मंच अमेरिकाका अध्यक्ष - सन्जय थापा, महिला समाजसेवी- रमा सिंह, यु एस वेल फेयर सोसाइटी अस्टिन अध्यक्ष -डा.  नबिन दाहालबाट प्राप्त शुभकामना संदेश पढेर सुनाईएको थियो |

कार्यक्रममा सन्देस मुलक राष्ट्रिय गित र गजलहरुले मन्त्रमुग्ध राम कृष्ण पान्डेले गर्नु भएको थियो भने कार्यक्रम  युबा विद्यार्थी समाज सेवि समाजका विशिष्ट ब्यक्तिहरुको बाक्लो उपस्थित रहेको थियो।

कार्यक्रमको सन्चालन तथा उद्घोषण  बिनोद कुमार तिवारीले गर्नु भएको थियो भने स्वागत भाषण सस्थाका उपाध्यक्ष पदम राउतले गर्नु भएको थियो।