नेपाली रेष्टुरेन्ट नमस्ते बाल्टिमोरको उदघाटन


बाल्टिमोर, अमेरिका, जनवरी १६ /

अमेरिकाको बाल्टिमोरमा नयाँ नेपाली रेष्टुरेन्ट खुलेको छ |

नेपाली र इन्डियन खानाको स्वाद सहित खुलेको उक्त रेष्टुरेन्टको नाम नमस्ते बाल्टिमोर रहेको छ |

सामाजिक क्षेत्रमा सक्रिय युवा बिनोद उप्रेती र उहाँकी श्रीमती सिर्जना खनाल उप्रेतीले उक्त रेष्टुरेन्टको संचालन शुरु गर्नु भएको हो |

उक्त रेष्टुरेन्टको एक बिशेष कार्यक्रमका बीच बिनोद मैनालीले नरिवल फोडेर र श्रीमती  सावित्री मैनालीले रिबन काटेर उदघाटन गर्नु भएको हो | उदघाटनका अवसरमा रेष्टुरेन्ट क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई रेष्टुरेन्ट निशुल्क खुल्ला गरिएको थियो | सो अवसरमा बाल्टिमोर र वरपरका नेपाली समुदायका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो |

उदघाटन कार्यक्रममा द नेपाल टुडे डटकमका सतिश चापागाईं र शिव मल्लले खिचेका केहि तस्बिरहरु प्रस्तुत छ :