विरामीलाई डाक्टरले मुक्का हानेपछि ठाउँको ठाउँ मृत्यु (भिडियो)

मस्को–रुसको एक अस्पतालमा उपचार गर्न पुगेका एक विरामीलाई डाक्टरले मुक्का प्रहार गरी हत्या गरेका छन्। बीबीसीका अनुसार गत २९ डिसेम्बर राजधानी मस्कोदेखि दक्षिणी सहर बेलगर्दमा डक्टरको मुक्का प्रहारबाट विरामीको मृत्यु भएको हो।

रुसी संचारमाध्यमका अनुसार विरामीले नर्सलाई लात्ती प्रहार गरेका थिए। त्यसपछि डक्टरले विरामीको टाउकोमा मुक्का प्रहार गरेका थिए। सो कुराको जानकारी सिसिटिभी फुटेजबाट थाहा भएको थियो। सो घटनाको छानविन गर्न छानविन आयोग गठन भएको छ। छानविनमा संलग्न एक अधिकारीका अनुसार विरामीलाई मुक्का प्रहार गर्ने डाक्टरमाथि मुद्दा दायर हुन सक्छ। सिसिटिभिको फुटेज सार्वजनिक भएपछि सो घटनाले रुसी संचारमाध्यममा निकै चर्चा पाएको छ।
भिडियो हेर्नुस्ः