समर्थकको ढाडमा मेस्सीले गरे हस्ताक्षर

एजेन्सी माघ, १३ – स्पेनिस क्लब बार्सिलोनाका स्टाइकर लियोन मेस्सीका एक समर्थकले आफ्नो ढाडमा मेस्सीको ट्याटु बनाएका छन् । मेस्सीले ती फ्यानले ट्याटु बनाएको ठाउँमा हस्ताक्षर गरेका छन् ।
मेस्सीको हस्ताक्षर ती समर्थकको ढाडमा ट्याटुकै रुपमा छ ।

बार्सिलोनाको एक होटलको रिसेप्सनमा मेस्सीलाई भेटेका ती समर्थकले आफ्नो ढाडमा रहेको ट्याटु देखाउँदै सम्झनाको रुपमा ट्याटुको तल्लो भागमा हस्ताक्षर गरिदिन आग्रह गरे । आफ्नो समर्थकको आग्रह अनुसार मेस्सीले हस्ताक्षर गरे अनि त्यसलाई पनि स्थायी ट्याटु बनाइयो । ती समर्थकको ढाडमा मेस्सीको तस्बिरमाथि बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको वर्ष सन् २०१२ र २०१५ पनि लेखिएको छ ।