अमेरिकामा भारी हिमपात


फोटो: दीपान्जली शर्माको फेसबुक

सतिश चापागाईं,

बाल्टिमोर अमेरिका, जनवरी २३ /

अमेरिकाका पूर्वीय राज्यहरुका बिभिन्न शहरहरुमा शुक्रबारदेखि अविरल रुपमा हिउँ परेको छ |  यो हिमपातले अमेरिकाको राजधानी वाशिंगटन डि.सी देखि न्युयोर्कसम्मका राज्यहरु प्रभावित भईरहेका छन् |


हिमपातका कारण  ८ जनाको मृत्यु भईसकेको सरकारी निकायले बताएका छन |  बिद्यालय लगायतका सरकारी सेवा बन्द गरिएको छ | व्यपार ब्यबसाय ठप्प छन् | मानिसहरुलाई बाहिर ननिस्कन आग्रह गरिएको छ |

फोटो: माधुरी भण्डारी
केहि आपत आईपरेमा आपतकालीन नम्बर ९११  मा सम्पर्क गर्न पनि आग्रह गरिएको छ | मानिसहरुले एक हप्ताका लागि पानी, खाना र सामान्य औषधी जोहो गरेर बसेका छन् | हिमपात बढी भएमा पानी, बत्ति र ग्याँस सेवा पानी अबरुद्ध हुन सक्ने भन्दै बैकल्पिक ब्यबस्था गर्न सर्बसाधारणलाई सचेत गराईएको छ |

आफ्नो सन्देशमा मेरिल्याण्ड राज्यका गभर्नर ल्यारी होगनले आफैलाई सुरक्षित राखेर र छिमेकि र बृद्धबृद्धाको ख्याल राखेर सरकारी निकायलाई सहयोग गर्न सार्बजनिक सूचना प्रबाह गरेका छन् | हिमपातका बेला सार्बजनिक संचार माध्यमहरु रेडियो र टेलिभिजन हेर्न र सुन्न पनि हेगनले आग्रह गरेका छन् |

ईतिहास मै खराब मध्येको यो पनि एउटा हिमपात हुन सक्ने अनुमान गरिएको थियो | सन् २०१० पछिको यो ठुलो हिमपात हुनेछ |

शुक्रबारदेखि नै पुर्बिय राज्यका हवाई सेवा बन्द गरिएको छ |

यस क्षेत्रका धेरै राज्यहरुमा संकटकाल घोषणा गरिएको छ | मेरिल्याण्ड राज्यका गभर्नर ल्यारी होगनले हिमपात पूर्व यसरी संकटकाल घोषणा गरेका थिए |

Video source: youtube.com