गायीका रेखा शाह माथि सार्वजनिक मुद्दा

काठमाडौ -चर्चित गायिका रेखा शाह र उनका पति इन्द्रबहादुर गुरुङविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ। चर्को ब्याजमा सन्दिपराज काफ्लेलाई ७३ लाखभन्दा बढी रकम दिएको र काफ्ले हराएपछि शाह दम्पत्तिले काफ्लेका बुबालाई धम्की दिएको भन्दै प्रहरीले उनीहरुविरुद्ध सार्वजनिक मुद्दा चलाएको हो। प्रहरीले बिना आधार बेरोजगार युवालाई लाखौं रकम दिएको भन्दै यसबारे थप अनुसन्धान गरिरहेको छ। शाह पक्राउबारे काठमाडौंका एसएसपी विक्रम सिंह थापाले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।