फेरी अायो भूकम्प

अफगानिस्तान-अफगानिस्तान र पाकिस्तानमा फेरी भूकम्प गएको छ। जम्मू कश्मीरको केही भागमा समेत भूकम्पको धक्का महसुस भएको छ।

५ दशमलव ५ रेक्टर स्केलको भूकम्पको केन्द्र अफगानिस्तानको हिंदूकुश रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

कुनै मानवीय क्षतिको विवरण नअाएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन्। पछिल्ला केहीदिन लगातार अाएको भूकम्पले त्रास बढाएको छ। -एजेन्सीको सहयोगमा