उत्तर कोरियामा ५.१ रेक्टरको भूकम्प

उत्तर कोरिया- परमाणु परिक्षण गरिएको क्षेत्रमा भूकम्प गएको छ। ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो। उत्तर कोरिया र चीनका विज्ञ अधिकारीहरूले भूकम्पको कारण प्राकृतिक नभएर मानवसृजित भएको प्रारम्भीक अनुमान गरेका छन्।उत्तर कोरियाले परमाणु परीक्षण गर्दै अाएको क्षेत्रमा भूकम्प गएको हो। 

मनवीय गतिबिधिका कारण जमिनको स्थिति खल्बलिएर भूकम्प गएको हुनसक्ने बताइएको छ। भूकम्प पछिको स्थितिका बारेमा छलफल गर्न दक्षिण कोरियाको मन्त्रिपरिषदको आकश्मिक बैठक बसेको छ। परराष्ट्रमन्त्री युन बेयङ सेले अापतकालिन बैठक डाँकेका हुन्।