जापानको सेन्दाईमा बिद्यार्थी समाज गठन


जापानको सेन्दाईमा अध्ययनका लागी आएका नेपाली बिद्यार्थीहरुको बिशेष भेलाले नेपाल जापान बिद्यार्थी समाज क्षेत्रीय समिती सेन्दाईको तदर्थ समिती गठन गरेको छ ।

 केन्द्रिय समिती अध्यक्ष सन्तोष वावु चोखालको सरसल्लाहामा गठित समितिको संयोजक बिश्ववन्धु भण्डारी, उपाध्यक्षमा दिनेश अधिकारी मिलन  तामाङ, सचिव माधवकुमार ढुगेंल, कोषाध्यक्षमा रामहरी श्रेष्ठ, प्रवक्तामा निलु प्रधानका साथै सदस्यहरुमा सुधन जिसी विवेक भट्ट रन्दिप मल्ल ठकुरी र प्रेम किराँती रहनुभएको  छ ।

 गठित कार्यसमितीको पहिलो बैठकले सदस्य विस्तार तथा सेन्दाईका विभीन्न गाक्कोऊका विद्यार्थीहरुसगँपनि समन्यय गर्नका लागी दिनेश अधिकारीको नेतृत्वमा सुधन जिसी र सुनिल भुषाल सदस्य रहेको ३ सदस्सिय सदस्य विस्तार तथा समन्यय उपसमिती गठन गर्ने निर्णय गरेको छ ।

एक महिनाभित्रै सेन्दाईमा अध्ययन गर्ने सबै गाक्कोऊका बिद्यार्थीहरुको बिशेष भेला बोलाएर अधिवेसन गरि नयाँ कार्यसमिती चयन गरिने संयोजक बिश्ववन्धु भण्डारीले जानकारी दिनुभयो ।