पाकिस्तानको विश्वविद्यालयमा आतंककारी आक्रमण : २० मारिए, भिडन्त जारी

चरसद्धा – उत्तर पश्चिमी पाकिस्तानको चरसद्धास्थित बाचा खान विश्वविद्यालयमा बिहानै घुसेका १० आंतककारीले गराएको बिस्फोटपछि २० जनाको मृत्यु भएको छ । विश्वविद्यालय परिसरमा एक्कासी छिरेका अज्ञात व्यक्तीहरुले एके ४७ राइफल्समार्फत थुप्रै पटक हमाला गरेका थिए ।

यस विश्वविद्यालयमा अध्ययनरत ३ हजार विद्यार्थी आक्रमणपछि भयभित बनेका छन् । इन्काउन्टर अझै जारी छ । विश्वविद्यालयमा मुशायरा चलिरहेका बेला आक्रमण भएको थियो । घटनामा ५० भन्दा बढी घाइते छन् । २० जनाले ज्यान गुमाइसकेका छन् । -