गायक रामकृष्ण ढकालले बाल्टिमोरमा गरे भब्य प्रस्तुती

बाल्टिमोर अमेरिका / डिसेम्बर ४,

गायक रामकृष्ण ढकालले अमेरिकाको बाल्टिमोरमा आईतबार आफ्नो सांगीतिक कार्यक्रम प्रस्तुत गरेका छन् | उनले स्थानीय लुम्बिनी रेष्टुरेन्टमा बाल्टिमोरमा रहेका प्रशंसकहरु माझ आफ्नो प्रस्तुति राखेका थिए | कार्यक्रम अत्यन्त राम्रो र सौहाद्रतापुर्बक सम्पन्न भएको गायक ढकालले द नेपाल टुडेसंग भने |

स्थानीय युवा तथा गायक दिनेश भण्डारीले नयाँ बर्ष २०१६ को अवसरमा यो कार्यक्रमको आयोजना गरेका हुन् | कार्यक्रममा गायक ढकालले आफ्ना नयाँ र पुराना चर्चित गीतहरु दर्शकहरुलाई सुनाएका थिए |

कार्यक्रममा गायक दिनेश भण्डारीले पनि केहि गीतहरु प्रस्तुत गरेका थिए |

गायक ढकाललाई उनले नेपाली सुगम संगीतको क्षेत्रमा पुर्याएको योगदान गर्दै स्थानीय समाजसेवीहरु रविना थापा, गोपाल विश्वकर्मा, नारायण थापा, कुलमणि आचार्य, राजेन्द्र सेन्चुरी, कुलप्रसाद गुरुङ, चित्रा के.सी., कृष्णजीवि पन्त लगायतले फूलमाला र खादाले सम्मान गरेका थिए |

कार्यक्रममा आएकी एकजना दर्शक तथा बाल्टिमोरकी युवा समाजसेवी दीपान्जली शर्मा एक्लैले ढकालको गायनबाट प्रभावित भएर दुई सय डलर नगद प्रदान ढकाललाई प्रदान गरेकी थिइन् | अन्य ब्यक्तिहरुले पनि उनलाई पैसा दिएर उनको कलाको कदर गरेको बुझिएको छ |

बाल्टिमोरमा भएका अन्य कार्यक्रमभन्दा यो कार्यक्रम फरक भएको र दर्शकहरुले धेरै मनोरंजन लिएको प्रतिक्रिया पाएको आयोजक दिनेश भण्डारीले द नेपाल टुडेसंगको भेटमा भने |

















,