मलेसियामा भब्य कार्यक्रम गर्ने तयारीमा छौं -बिन्दु दर्लामी

सुबास गोर्खालीको पहिलो प्रस्तुती चाइनिज न्यु इयर कन्सर्ट २०१६ कार्यक्रमका सहयोगी सहयोगी सस्था नेपाली ईन्टरटेनमेन्ट ग्रुपका संयोजक तथा कार्यक्रम सन्चालक मलेसियामा आफ्नो छुट्टै छाप बनाउन सफल गायक तथा प्रस्तोता बिन्दु दर्लामीसंग कार्यक्रमको बारेमा द नेपाल टुडेका मलेसिया सहयोगी हेमन्त आचार्य क्षेत्रीले गरेको कुराकानी प्रस्तुत छ :

तपाईंहरु नेपालदेखि कलाकार बोलाएर मलेसियाका विभिन्न सहररुमा सांगीतिक  कार्यक्रम गर्दै हुनुहुन्छ | कार्यक्रमको तयारी कस्तो हुदैछ ?

हामी व्यापक रूपमा प्रचारप्रसारमा लगिपरेका छौ | कार्यक्रलाई सफल बनाउनका लागि  नेपाली ईन्टरटेनमेन्ट ग्रुप लगायत करिब दुई दर्जनभन्दा बढी संस्थाहरु लागिपरेका छौ |

मलेसियामा चाइनिज नया बर्षको अबसर पारेर करिब आधा दर्जन भन्दा बढी नया पुराना आयोजक संस्थाहरुले कार्यक्रमको आयोजना गर्दैछन्, के सुबास गोर्खालीको पहिलो प्रस्तुतिले सफलता पाउन सक्ला त ?

हामीलाई एउटा चुनौतीसङ्गै अबसर पनि थपिएको छ  | यस्लाई म लगायत सम्पुर्ण टिमले अबसरको रुपमा लिएका छौ | हामी रात दिन लागिपरेका छौं | यहाँ निर्बाध रुपमा जस्ले कार्यक्रम गर्न पाउनुहुन्छ कुनै रोकतोक  छैन | कार्यक्रमले सफलता पाउने नपाउने भन्ने कुरा सबै दर्शकको हातमा छ | हामी ढुक्क छौ कि हाम्रो नेपालदेखि आउनुहुने कलाकार र मेरो नेपाली इन्टरटेन्टमेन्ट ग्रुपका भाइ बहिनीहरुले भरपुर मनोरन्जन दिनुहुनेछ | मलेसियामा भब्य कार्यक्रम गर्ने तयारीमा छौं |

नेपालदेखि कुन कुन कलाकर आउदै हुनुहुन्छ ?

चर्चित गायक हेमन्त शर्मा लोक तथा दोहोरी गायिका मुना थापा, गायक प्रकाश कटुवाल, चर्चित मोडेल रन्जिता गुरुङ, मेरि बास्सैका चर्चित हास्य व्यंग्य कलाकार मरिचमान  श्रेष्ठ ( बल्छी धुर्बे) आउदै हुनुहुन्छ |

कार्यक्रम कुन कुन स्थानमा कहिले हुदैछ ?

हाम्रो कार्यक्रम फेब्रुअरी ७ बाट शुरु हुन्छ | ७ तारिखमा जोहोरबारुको न्युयोर्क होटलको २५ तलामा छ | ८ तारिखमा  कुलुवाङ्गको प्राईम सिटि होटलमा छ | ९ तारिखमा मुहारको मुहार ट्रेडर्स होटलमा छ | सबै ठाउमा दिउँसो १२  बजे देखि हाम्रो कार्यक्रम सुरुहुनेछ पनि सबैमा जानकारी गराउन चाहन्छु |

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

 सम्पुर्ण मलेसियामा रहनु हुने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आफुलाई पायक पर्ने ठाउमा आएर भरपुर मनोरञ्जन लिन नछुटाउनु होला भन्न चाहन्छु | हामीले यो कार्यक्रमको आयोजना नेपाली दाजुभाई र दिदिबहिनिहरुलाई हसाउन र नचाउन भनेर गरेका हौँ | हामीले धेरै मेहेनत गरेका छौं | नेपालबाट आउने कलाकारहरुले पनि सकेसम्म धेरै र राम्रा प्रस्तुति दिनु हुनेछ भन्ने छ | बिदेशमा बसेर रमाइलो पनि गर्न पाईने नेपाल कला संस्कृति र कलाकारहरुलाई सहयोग पनि हुने यो अवसर नछुटाउनु होला भन्न चाहन्छु | हिमाल पहाड तराई हामी नेपानी कोहि होईनौ पराई |  तपाइको यो लोकप्रिय अनलाइन द नेपाल टुडेलाई पनि धन्यवाद |