कोमल ओली अब पूर्ण गृहिणी !




काठमाडौँ, जनवरी १० /
लोक गायिका तथा संचारकर्मी कोमल ओली एउटा टेलिभिजन कमर्सियलमा गृहिणीको भूमिकामा देखा पर्दैछिन | उक्त टेलिभिजन कमर्सियल कृषि मन्त्रालयले संचालनमा ल्याउन लागेको हो |

अहिले कृषि मन्त्रालयले मोबाईलमा नै कृषि सम्बन्धी जानकारी दिने ब्यबस्था गरेको छ | त्यसका लागि मोबाइलमा कृषी मन्त्रालयको एप्लिकेसन डाउनलोड गरेपछि कृषि सम्बन्धि सम्पूर्ण जानकारी पाउन सकिन्छ।

द नेपाल टुडेसंग कुरा गर्दै ओलीले भनिन,  "टेलिभिजन कमर्सियलमा गृहिणीको भूमिकामा देखा पर्दैछु | नेपालको कृषिमा महिलाको भूमिका महत्वपूर्ण छ भन्ने संदेश मेरो भूमिकाले दिन्छ | विशुद्ध सामाजिक संदेश बोकेको छ | "

"उक्त टेलिभिजन कमर्सियलमा सामान्य जानकारी मात्र हैन कृषि सम्बन्धि सम्पूर्ण समस्याको समाधान पनि त्यसैमा छ ।" ओलीले भनिन, "खेति कहिले गर्ने ? कसरी गर्ने ? कस्तो किसिमको गर्ने ? भन्ने ज्ञान किसानहरूले पाउन सक्नुहुन्छ । खेतिको मात्र हैन पशु सम्बन्धि सम्पुर्ण जानकारी थाहा पाउन सकिन्छ ।"

यो सन्देशमुलक कमर्सियल सबै च्यानलबाट बारम्बार बज्ने बुझिएको छ | यसमा कोमल ओलीका साथमा नायक धिरेन शाक्यए अभिनय गरेका छन् | बाल कलाकारहरुमा दिबस र बिनिता रहेका छन् | निर्देशक सन्तोष रेग्मीले निर्देशन गरेका छन् |

अझै पनि धेरै किसानहरु रहेको सानोठिमी भक्तपुरमा यो कमर्सियलको सुटिङ गरिएको हो | त्यहाँ अहिलेपनि राम्रो खेती हुन्छ ।

कृषकहरुलाई आफुले गर्ने खेतिपातिको बारेमा सहि, सत्य र सम्पूर्ण जानकारी लिउँ अनि कृषि र पशुपालन पेशा अगालेर समृद्ध बनौ भन्ने संदेश दिन खोजिएको हो |






तस्बिर स्रोत: कोमल ओलीको फेसबुक