फुटबलमा नेपालले स्वर्ण जित्यो




काडमाडौं । बंगलादेशको राष्ट्रिय रंगशालामा नेपालले नेपाली फुटबल इतिहासकै शानदार प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय फुटबलमा २३ वर्षे उपाधि खडेरी चिरेको छ ।

 नेपालले बहराइनको २३ वर्ष मुनिको टोलीलाई ३–० ले हराउँदै बंगबन्धु गोल्डकपको उपाधि कब्जा गरेको छ । नेपाललाई ऐतिहासिक जित दिलाउन विमल घर्तिमगर, विशाल राई र गोल्डेन ब्वाइ नवयुग श्रेष्ठले एक–एक गोल गरे ।

सन् २००३ मा नेपालले बहराइनको मनामामा भएको मैत्रीपूर्ण फुटबलमा बहराइनको यू–२३ टिमसँग ३–० ले हारेको बदला समेत लिएको छ । बंगबन्धु गोल्डकप च्याम्पियन नेपालले ५० हजार डलर पाउने छ ।

 पुरस्कार दिने बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बंगबन्धु मैदान पुगेकी छन् ।  उपविजेता बहराइनले २५ हजार डलर पाउने छ । नेपालले हाल सम्म  कुनै  पनि प्रतियोगितामा यत्रो ठूलो राशिको पुरस्कार प्राप्त गरेको छैन ।