दलित आयोगका संस्थापक अध्यक्ष विश्वकर्माको निधनले नासो परिवार दु:खी

अमेरिकामा सक्रिय संस्था नासोका अध्यक्ष गोपाल विश्वकर्माले राष्ट्रिय दलित आयोगका संस्थापक अध्यक्ष पद्मसिंह विश्वकर्माको निधनको खबरको निधनमा शोक बिज्ञप्ति प्रकाशित गर्नु भएको छ | बिज्ञप्तिमा अध्यक्ष गोपाल विश्वकर्माले राष्ट्रिय दलित आयोगका संस्थापक अध्यक्ष पद्मसिंह विश्वकर्माको निधनको खबरले नासो परिवार अत्यन्त दु:खी भएको बताउनु भएको छ |

बिज्ञप्तिमा उहाँले "हजारौं बर्षदेखी दमन र थिचोमिचोमा परेको नेपालको दलित तथा उत्पीडित समुदायले एउटा दरिलो आवाज गुमाएको छ | नेपाली कांग्रेस र नेपालको राजनीतिमा रहेर देशको विषम पिछडा वर्गको आवाज उठाउन उहाँले खेलेको भूमिकाको आजको दिन मा हामी उच्च मुल्यांकन गर्दछौं |" भन्नुभएको छ |

नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रिय सदस्य समेत रहनुभएका गोपाल विश्वकर्माले राष्ट्रिय दलित आयोगका संस्थापक अध्यक्ष पद्मसिंह विश्वकर्माको निधनले आफु मर्माहत भएको द नेपाल टुडेसंगको कुराकानीमा बताउनु भयो |

नासोको बिज्ञप्ति जस्ताको तस्तै:

राष्ट्रिय दलित आयोगका संस्थापक अध्यक्ष पद्मसिंह विश्वकर्माको निधनको खबरले नासो परिवार अत्यन्त दु:खी भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका साथै दलित मुक्तिको आन्दोलनमा २००७ सालदेखि क्रियाशील विश्वकर्माको निमोनियाका कारण ८६ वर्षको उमेरमा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा बिहीबार निधन भएको हो । उहाँको निधनले नेपाली कांग्रेसले एक होनहार योद्धा गुमाएको छ | समस्त कांग्रेसीजनले एउटा अशल अभिभावक गुमाएको छ |

यसका साथै हजारौं बर्षदेखी दमन र थिचोमिचोमा परेको नेपालको दलित तथा उत्पीडित समुदायले एउटा दरिलो आवाज गुमाएको छ | नेपाली कांग्रेस र नेपालको राजनीतिमा रहेर देशको विषम पिछडा वर्गको आवाज उठाउन उहाँले खेलेको भूमिकाको आजको दिन मा हामी उच्च मुल्यांकन गर्दछौं |

बागलुङ नगरपालिका–९ लमगाउँ स्थायी बसोबास भएका विश्वकर्माका श्रीमती र एक छोरी हुनुहुन्छ। नेपालमा २००७ सालको क्रान्तिमा पश्चिम भेरीको नेतृत्व सम्हाल्नु भएका र नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुर्याउनु भएका स्वर्गीय विश्वकर्माको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना ब्यक्त गर्दछौं |
गोपाल विश्वकर्मा 
अध्यक्ष तथा 
नासो परिवार अमेरिका