महतो कुटिएको भिडियो फुटेज दूतावासमा

काठमाडाै-मधेसी मोर्चामा सम्बद्ध राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले बेग्लै अान्दोलनका कार्यक्रम घोषणा गर्न अायोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो–हामीले दूतावासमा भिडियो फुटेज पठाएका छाैं। 

पत्रकार सम्मेलनमा सद्भावनाका महासचिव मनिष सुमनले सरकारले मधेश आन्दोलनमा गरेको दमनको स्थिति झल्काउने भिडियो दूतावासमा पठाएको बताए।


अाफ्ना पार्टी अध्यक्ष महतो विराटनगरमा कुटिएको भिडियो दूतावासमा पठाएको उनले खुलाए। कुन दूतावासमा पठाएको उनले खुलाएनन्। ‘हामीले सरकारी दमन झल्कने भिडियोहरू सिडिमा राखेर दूतावासहरूमा पठाएका छाैं।’ उनले त्यस्ता भिडियो संयुक्त राष्ट्र संघमा पनि पठाउने बताए।