संचारमन्त्रीले कानुन मिचेको सुरेश दर्पणको आरोप


बाल्टिमोर, अमेरिका  जनवरी २६ /

चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलले चलचित्र बिकास बोर्डबाट आफुलाई जानकारी बिना निकालेकोमा आक्रोश पोखेका छन् |

चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलले बर्तंमान संचार मन्त्रीको कार्यलाई निरङ्कुश भन्दै उनको कार्यप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् | सरकारका संचारमन्त्रीले विकास बोर्डमा नियम मिचेर काम गरेको पनि सुरेश दर्पणले बताएका छन् |

झन्डै पांच महिनाको अमेरिका बसाईपछी नेपाल फर्कन लागेका पोखरेलले अमेरिका बसाईको क्रममा यहाका धेरै राज्यहरुमा गएर म्युजिक भिडियोहरु निर्देशन गर्नु का साथै नेपाली कार्यक्रमहरुमा आफ्नो सहभागिता देखाएका थिए | आफु न्युयोर्क फिल्म एकेडेमीमा
फिल्म मेकिङ्गको छोटो कोर्स पढ्न अमेरिका आएको केहि समय अगाडी द नेपाल टुडेसंगको भेटमा बताएका थिए |

सुरेश दर्पण पोखरेलले आज आफ्नो फेसबुकमा राखेको पोस्ट यस्तो छ :

“म बिगत ५ महिना यता अमेरिका भ्रमणमा छु र आगमी बिहिबार नेपाल फर्कदैछु , यसै क्रममा म बहाल रहेको चलचित्र बिकास बोर्डको सदस्य पदमा मानानीय सुचना तथा सन्चारमन्त्रीले मनमोजी शैलीमा नियम कानुनको पर्वाह नगरि समबन्धित पक्ष्यलाई सामान्य सफाइ दिने अवसर समेत नदीइ निरङ्कुस शैलीमा खल्तीबाट बोर्ड सदस्य हेर फेर गर्ने जस्तो कार्य गरेको प्रती मेरो गम्भिर ध्यानाकर्शन भएको छ । 












दुइ अन्तरास्ट्रीय फिल्म फेस्टिवलमा उल्लेख्य सहभागिता र आगामी २०७३ मा अमेरिका मै नेपाली फिल्म फेस्टिवलको पूर्व तयारी सम्म्पन्न गरी २ दिन पछी नेपाल फर्कने क्रममा पाएको यो खबरले कानुनी राज्यको धज्जी उडाएको मैले ठानेकोछु ।

काम नगरि बोर्ड्मा बस्न मलाई कुनै रहर पनि छैन तर केहि समय एउटा सदस्य बिना पनि बोर्ड रोकिदैन , मेरो अनुपस्थितीमा बोर्ड किन सोचे जस्तो कृयाशिल हुन सकेन त ? मिटिङ त भएकै छन अनि किन रिजल्ट छैन ? म अमेरिका भ्रमण आउनु अघी निर्णय गरेर मैले पूर्व योजना समेत तयार पारेको इ – टिकेटिङ घोसणा गरे अनुरुप ३ महिनामा किन लागु हुन सकेन ? मैले कार्वान्नयन गर्न लागेका यि र यस्तै मुद्दाहरु रोक्न खोज्ने शक्तीहरुकै कारण पुरा कार्यकाल अगावै नियम कानुन बिपरित बोर्ड सदस्य हेरफेर गर्ने काम भएको छ , यस्को निमित्त बनेका छन बर्तमान सन्चारमन्त्री शेरधन राइ !!! मैले देशको यस्तो बिसम परिस्थितीमा पनि देश फर्केर इ-टिकेटिङ लगायतका बिसयहरु अघी बढाउन बोर्डका कर्मचारी साथिहरुसँग छलफल अघी बढाउदै गर्दा यस्तो गैर कानुनी कार्य किन र कसरी भयो त ? यो प्रश्नको उत्तर आम चलचित्रकर्मिले बुझेकै छन । 

मलाई पदको लोभ छैन तर बिधी र प्रकृया मिचेर स्वइक्ष्यादारी ढङ्गले अघी बढ्ने जो सुकैको बिरोध गर्न पनि म पछी हट्दिन । बिगतमा पनि सम्मानानीय अदालतले यस्तै प्रकृतीको मुद्दामा फैसला गरिसकेको हो , बिधी र कानुन मिच्न खोज्ने जो सुकैलाई सही मार्गमा ल्याउने सम्मानित अदालतले फेरी एकपटक निरङ्कुशतालाई पराजित गर्नेनै छ । 

जय नेपाली सिनेमा ।”

,