२७ फरबरीमा रिहा हुँदै संजय दत्त, १०५ दिन कैद छुट

मुम्बई–अवैध हतियार राखेको अभियोगमा पुणे जेलमा जेल सजाय काटिरहेको बलिउड चर्चित अभिनेता संजय दत्त फरबरी २७ मा जेलबाट जेट्ने भएका छन्। अदालतले दत्तलाई पाँच वर्षको कैद सजाय सुनाएको थियो। राज्य सरकारले संजयको राम्रो व्यवहारका कारण २७ फरबरीमा रिहा गर्ने निर्णय गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। कुनै पनि कैदीलाई उसले पाउन सजायमा छुट दिन ३० दिन पहिला रिहा गर्ने प्रावधान भएपछि संजयले राम्रो व्यवहार गरेका कारण उनलाई १०५ दिन पहिला नै रिहा गर्ने निर्णय गरेको संचारमाध्यमले उल्लेख गरेका छन्।

संजय पुणेको यरवदा जेलमा कैद भुक्तान गरिरहेका छन्। उनलाई पहिला ६ वर्षको सजाय सुनाइएको थियो। तर उनले सर्वोच्च अदालतमा याचिका गरेपछि उनको सजाय पाँच वर्ष कायम भएको थियो। संजयले जेलमा सबै कैदीसँग सामान्य व्यवहार गर्नुका साथै कैदीलाई दिने काम पनि नियमपूर्वक गरेका थिए। अदालतले संजयलाई पाँच वर्षको कैद सजाय सुनाएको थियो। उनले पहिला नै १८ महिना कैद भुक्तान गरेका थिए। त्यसमा उनले साढे तीन महिनाको सजाय भोग्न बाँकी थियो। तर उनको राम्रो व्यवहार कारण २ वर्ष ९ महिनामा कैद भुक्तान भएको छ। कानुनविद्का अनुसार प्रत्येक कैदीलाई ११४ दिन केही शर्त पालना गरेवातर छुट दिने नियम छ। मुन्ना भाईका नामलेसमेत परिचित दत्त २१ मे २०१३ देखि पुणेको येरवदा जेलमा जेल सजाय काटिरहेका छन्। १९९३ मा भएको विष्फोटपछि दत्त एके ४७ हतियार राखेको अभियोगमा पक्राउ परेका थिए।