फेसबुकमार्फत प्रेम, युवक बने युवती

लखनउ– प्रेममा परेपछि मानिसले केमात्र गर्दैनन्।  कोही आफ्नो घर छोड्छन्, कोही दुनियासँग युद्ध गर्छन। तर हामीले तपाइलाई बताउन लागेको विषयमा अली फरक छ। फेसबुकमा एक युवकको अर्का युवकसँग प्रेम बस्यो र उनी युवती बने।
भारतको लखउनका गौरवको पाकिस्तानका महबूब अजाव (नाम परिवर्तन) फेसबुमार्फत प्रेम भयो। दुवैको प्रेममा देशबाहेक अन्य धेरै मुस्किल थियो। त्यो मध्ये सबैभन्दा ठूलो समस्या भनेको दुवै जना पुरुष थिए। र, दुवै जनाले सँगै जिन्दगी बिताउने कसम खाएका थिए। भारतीय संचारमाध्यमका अनुसार लखउन निवासी गौरवले प्रेमलाई सफल पार्न मुम्बईमा जटिल सर्जरी गरेर समस्याको समाधान गरे।

गौरवका अनुसार पाँच वर्ष पहिला पाकिस्टानबाट फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आएको थियो, जसलाई उनले स्वीकार गरे। उनलाई फ्रेन्स रिक्वेस्ट पठाउने  महबूब पाकिस्तानको सिन्ध प्रान्तका हुन्। विस्तारै विस्तारै कुराकानी गर्दै जाँदा दुवै जनाबीच प्रेम भएको उनले बताए। तर अहिलेसम्म यी दुवै जना भेट भएका छैनन्। दुई वर्षपहिला एक पटक स्पाइप च्याटमा एकअर्कालाई देखेका थिए।
‘एकतर्फ म महबूबको प्रेममा परेको थिए भने अर्कोतर्फ घरपरिवार मेरालागि केटी खोज्दै  थिए,’ गौरवले भने,‘हाम्रो सम्बन्ध देखावटी भन्दा पनि भावनात्मक थियो, जसलाई आम मानिसले बुझ्न सक्दैनन्।’ योबीचमा दुवै जनाबीच अनुहारको विषयलाई लिएर पनि कुराकानी भएको उनले बताए। तव उनले आफूँ लिंग परिवर्तन गरेर केटी बनेको बताए।
इन्टरनेटबाट जानकारी बटुलेर आफूले मुम्बईका दुई जना डाक्टरलाई आफ्नो समस्या बताएको उनले जनाए। उनले लिंग परिवर्तन गर्न घर परिवारलाई मनाउन आफ्नी बहिनीको सहायोग लिएको बताए। आमालाई मनाउन केही कठीन भएपनि आफू सफल भएको उनले जनाए। करिव आठ लाख खर्च गरेर उनले आफ्नो लिंग परिवर्तन गरेको जनाए।
गौरव लिंग परिवर्तन गरेर युवती भएपछि यीदुईबीच यही मार्चमा भेट हुने भएको छ। यी दुईबीच अब चाँडै विवाह हुने संचारमाध्यले जनाएका छन्।