नायिका गरिमा पन्तको बिहे सुटुक्क !




बेल्जियम निवासी व्यवसायी प्रेमीसँग गरिमा पन्तले सुटुक्क बिहे गरेकी छन्। गरिमा दुईवर्ष अघि देखि बेल्जियममा व्यापार गर्दै आएका एनआरएन हरि शर्मा थपलियासँग प्रेममा थिइन्। त्यतिबेला उनले  हरिसँग बिहे गर्ने निर्णयमा पुगेको खुलासा गरेकी थिइन्।

गरिमाले बिहे गरेको भनिएपनि त्यसलाई पुष्टि गर्ने कुनै फोटो सार्वजनिक भने भएका छैनन्। केहि समय अगाडी बेल्जियम पुगेकी गरिमाले सम्भवत: पेपर म्यारिज गरेको बताइन्छ।

गरिमा निकटस्थ एक रंगपत्रकारले आफूले पनि गरिमाले बिहे गरेको सुनेको र जान्नका लागि म्यासेज गरेको तर जवाफ नपाएको बताए। उनका अनुसार अघिपछि छिट्टै रिप्लाई दिने गरिमाले दुईदिन सम्म कुनै जवाफ दिएकी छैनन्।

गरिमाले यसरी बिहे गुपचुप राख्नुमा हाल पेपर म्यारिजमात्र रहेको र उपयूक्त समयमा नेपाल आएर  परम्परागत रुपमा नै बिहे गरेर सार्वजनिक गर्न लागेको हुनसक्ने अडकल काटिएको छ।

गरिमा पछिल्लो समय ‘झोला’ फिल्मबाट चर्चित भएकी थिइन् । उनले सोही फिल्मबाट सार्क फिल्म फेष्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । त्यसपछि खेलेका फिल्मले उनको करियरलाई उचाई दिन सकेका थिएनन् । विपी कोइरालाको प्रख्यात कृति 'सुम्निमा'को सार्वजनिक प्रदशन हुने क्रममा रहेको छ।
 स्रोत: सेतोपाटी