जापानमा जुट्यो ऊपचार खर्च


ह्याप्पी बन्धु 'विश्व'

जापान, जनवरी ५
जापानका विभिन्न सामाजिक कार्यमा सक्रिय व्यक्तित्व दिपकवावु नेपालको नेतृत्वमा चितवनको रत्ननगर न पा १४ निवासी ब्रेन ट्युमरका बिरामी द्रोणप्रसाद ढकालको ऊपचारका लागी फेसबुक ग्रुप मार्फत सहयोगको अभियान चलाएर १७ हजार १ सय ९९ रुपैया संकलन भएको छ ।

अभियन्ता नेपालले आजै सिटी एक्सप्रेस मनि ट्रान्सफर मार्फत नेपाल पठाऊनुभएको छ | अभियन्ता नेपालले भन्नुभयो "हिजो पनि दुखमा परेका नेपालीलाई सहयोग गर्दै आएँ आज पनि गर्छु र भोली पनि गर्नेछु | मलाई पिडीत बिरामीका लागी ढकालका परिवारको फोन आयो त्यसपछि मैले फेसबुक प्रयोग गरेर यो रकम संकलन गरेको हुँ |"

उहाँले जापानवासी नेपालीहरुलाई सहयोगका लागी धन्यवाद दिनुभएको छ | पिडीत बिरामीका लागी १० लाख खर्च लाग्ने अस्पतालले जनाएको छ | विरामी ढकालको  अन्नपुर्ण न्युरो अस्पताल काठमाणडौमा ऊपचार भईरहेको छ |