कोमल पानी, सधै जवानी -कोमल वली




गायिका कोमल वलीको नाममा दाङमा ‘कोमल जल’ नामको मिनरल वाटर कम्पनीको उद्घाटन  भएको छ ।

दाङको तुल्सीपुरस्थित गलौरामा आयोजित उद्घाटन कार्यक्रममा उनले सबैलाई 'कोमल जल' पिउन आग्रह गर्दै कोमलले  भनिन्, ‘कोमल पानी पिउनुस्, जवानी अडिन्छ ।’

करिब ४० लाख लगानीमा यो मिनरल वाटरको उत्पादन सुरु भएको हो | बिक्रि भएको पानीको प्रतिबोत्तल १० पैसा पारदर्शी ढंगले सामाजिक सेवामा खर्च गरिने बताइन् ।

उद्घाटन समारोहमा कार्यक्रममा हास्य कलाकार जितु नेपाल, कमल गाउँले, गायिका ऋतु कँडेलसहित स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुति राखेका थिए ।