भट्टराईको नाम हटाएकोमा बिष्णु सुबेदीको बिरोध



नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुबेदीले सरकारले कांग्रेसका दिबंगत नेता तथा पुर्ब प्रधनमन्त्री कृष्ण प्रसाद भट्टराईको नाममा रहेको ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ को नाम परिबर्तन गर्ने निर्णयको घोर बिरोध गर्नु भएको छ | सुबेदीको प्रतिक्रिया यस्तो छ :

पुर्व प्रधानमंत्री सम्माननीय सुशील कोइराला नेततृवको सरकारले पत्रकारिताको सम्मान गदै पत्रकार महासंघका पहिलो सभापति एवं सन्त नेता पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नाममा राष्ट्रिय आम सञ्चार प्रतिष्ठान गठन गर्ने निणयमा ओली सरकारले नाम हटाएकोमा घोर आपत्ति व्यक्त गर्दछु ।

ओली सरकारले संचार जगतको उपहास गदै ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ को नाम परिवर्तन गरी ‘राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ राखेकोमा बिरोध जनाउदै यस्ता पाटीगत निर्णय बन्द गर्न जोडदार आग्रह गर्दछु ।

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पालामा तत्कालीन सञ्चार मन्त्री मिनेन्द्र रिजालको प्रस्तावमा मन्त्रिपरिषदले पत्रकार महासंघका पहिलो सभापति एवं सन्त नेता भट्टराईको सम्मानमा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय आम सञ्चार प्रतिष्ठान’ स्थापना गठन गर्ने निर्णय गरेको थियो । ओली सरकारको पुर्बाग्रही कदमका बिरुद्द आपत्ति जनाउँदै यस्ता कृयाकलाप बन्द गरी पूण॔स्वतन्त्र पत्रकारिताको सम्मान गर्न सिक्न अनुरोध गद॔छु ।

यस्ता कृयाकलापले लोकतन्त्र संस्थागत हुदैन्, लोकतन्त्र र गणतन्त्र बलियो बनाउन सरकारले पूवा॔ग्रही निण॔य गर्न वन्द गर्नु पर्दछ। साथै संचार जगत यस निर्णय फिर्ता गराउन सचेत छ भन्नेमा आशावादी छु ।