मधेश समस्याको समाधान कांग्रेसले गर्छ - रंजीत कर्ण





सोमनाथ हुँमागाई 

  अस्टिन, यहि जनवरी १० /

 नेपाली जनसंपर्क समिति अस्टीन च्याप्टर अमेरिकाले  नेपाल विद्यार्थी संघका  केन्द्रीय सभापति एवं सांसद रंजीत कर्णको प्रमुख आतिथ्यतामा नयाँ वर्ष २०१६ को अवसर पारेर शुभकामना आदन प्रदानका साथै विपीको ४०औं राष्ट्रिय मेलमिलाप दिवस, देशको वर्तमान समसामयिक राजनिति अवस्थाको बारेमा एक भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।

    अस्टिन शहर, टेक्सासको स्थानीय एसियन अमेरिकन रिसोर्स सेन्टरको हलमा आयोजना गरिएको उक्त कार्यक्रममा  अमेरीकाको विभिन्न राज्यबाट सहभागि हुनु भएका नेपाली जनसंपर्क समिति अमेकाको सल्लाहकार, केन्द्रीय पदाधिकारी, सदस्यहरूका साथै विभिन्न संघ संस्थाको प्रमुख एवं प्रतिनिधहरू लगायल अस्टिनवासी नेपालीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

      सो कार्यक्रममा, प्रमुख अथितीको रूपमा बोल्दै नेपाल बिध्यार्थी संघका केन्द्रीय अध्यक्ष एवं सांसद रंजीत कर्णले मुलुकमा देखिएका सबै किसिमका समस्याहरूको समाधान विगत देखि नेपाली काँग्रेसले नै गर्दै आएको हुनाले संविधान निर्माण पछि अहिले देखिएका यावद समस्याहरूको समाधान पनि अब नेपाली काँग्रेसले नै गर्ने कुरा राखेका थिए ।

 मधेशमा उब्जीएका समस्याहरूलाई मधेशवादी नेताहरूले गलत ढंगले व्याख्या गरेका कारण तराई मधेशमा आन्दोलन भईरहेको कुरा वताए |  "मधेशको सहि मागहरूलाई काँग्रेसले पहिचान गरिसकेको छ | समाधानका लागि संविधानमा संशोधन विधयक नेपाली काँग्रेसले ल्याईसकेको हुनाले अब चाँडै मधेशको समस्याको समाधान हुने छ |" मधेशको माग कांग्रेसले मात्र समाधान गर्न सक्ने सभासद कर्णले ठोकुवा पनि गरे |

आफ्नो देशको अत्यन्तै माया र चिन्ताका कारण प्रवासी नेपालीहरूले नेताहरूप्रति आक्रोस पोखेका रहेछन् भन्ने कुरा आफुले अमेरीकामा आएर महसूस गरेको कुरा पनि प्रमुख अथिती रंजित कर्णले मन्तव्यको क्रममा व्यक्त गरेका थिए ।

     विशेष अथिती नेपाली जनसंपर्क समिति अमेरिकाको सभापति  आनन्द बिष्टले आफ्नो नेतृत्वमा रहेको संस्थाले अमेरीकामा राजनिति नभई सामाजिक कार्यमा बडि फोकस भएर काम गर्ने कुरा वताउँदै, नेपालमा गएको महा भुकम्पको वेलामा नेपाली जनसंपर्क समिति अमेरीकाले तत्काल नेपालमा पुगेर विभिन्न ठाउँका भुकम्प पिडितहरूलाई सकेको सहयोग गरेको कुराको सबैलाई स्मरण गराएका थिए । नेपाली जनसंपर्क समिति अमेरिका नेपाली काँग्रेको भातृ संस्था नभई एउटा अंग भएको कुरा राख्दै,विपी प्रवासमा रहेकै वेला यो संस्थाको स्थापना भएको कुरा समेत  वताएका थिए ।

        नेपाली जनसंपर्क समिति अमेरिकाको महासचिव  मुनिद्र नेम्बाङले मुलुकको राष्ट्रियता र लोकतन्त्र अहिले अत्यन्तै कमजोर बन्दै गईरहेकोले सारा नेपालीहरू यतिवेला आफ्नो आस्था र संस्था भन्दा माथि उठेर राष्ट्रिय एकताको निमित एक ढिक्का हुनु पर्ने कुरा औल्याउँदै विपीले प्रतिपादन गरेको मेलमिलापको नितिका बारेमा चर्चा गरेका थिए । नेपालको राष्ट्रियता र लोकतन्त्र कमजोर हुनुका धेरै कारणहरू मध्ये नेपालका तमाम राजनीतिक पार्टिहरूको लोकतान्त्रिक करण , सामाजिक करण र आधुनिक करण हुन नसक्नु पनि एउटा प्रमुख कारण भएकोले यसमा सुधार ल्याई आन्तरिक र अन्तर दलिय मेलमिलाप , पारस्परिक सुझबुझ , बिचार बिमर्श, समझौता र सहमेलको वातावरण  सृजना गरी एउटा उत्तम खालको लोकतान्त्रिक राजनीतिक संस्कृतिको विकास गर्न अहिले मुलुकमा अत्यावश्यक भएको कुरा महासचिव नेम्बाङले वताएका थिए ।

सल्लाहकार चन्द्र शेखर यादवले अब नेपाली जनसंपर्क समिति अमेरिकाकाले आफ्नो कार्य सैलिमा परिवर्तन ल्याई अहिलेको भन्दा एक स्टेप माथि उक्लीनु पर्ने धारणा राखेका थिए ।

अन्य मन्तव्य व्यक्त गर्नेहरूमा , नेपाली जनसंपर्क समिति अमेरीकाका सल्लाहकारहरू , अमृत सापकोटा , भुवन आचार्य, अर्जुन बन्जाडे , उप सभापतिहरू धर्मराज श्रेष्ठ, भगवान मैनाली , केन्दीय सदस्य ज्ञानेन्द्रराज कार्की, संस्थापक महासचिव एवं नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछाने , ग्रेटर समाज अस्टिनका अध्यक्ष गेहेन्द्र केसी , नेता युवराज खाती, नेतृ पुस्पलता भण्डारी, युवा नेता हेमराज भट्ट , एनआरएन अमेरिकाका सल्लाहकार सुनील शाह ,उपाध्यक्ष राम चन्द्र पोखरेल लगायत थिए ।

अस्टिन च्याप्टरका महासचिव कौशल यादवले थोरै समय संचालन गरेपछि बाँकी समय भर संस्थाको केन्दीय उपाघ्यक्ष सीपी पौड्यालले संचालन गरेको उक्त  कार्यक्रमको अध्यक्षता अस्टिन च्याप्टरका सभापति प्रेम कुमार पाण्डेले गरेका थिए, भने स्वागत मन्तव्य केन्दीय उपाध्यक्ष सिपी पौड्यालले गरेका थिए ।

 भलिवल प्रतियोगिता समेत राखिएको उक्त कार्यक्रममा
नेपाली जनसंपर्क समिति अमेरिकाको केन्द्रीय सदस्य ओम भट्टराई, सुवेन्द्र राणाभाट, हरीवोल भण्डारी, अमृत भट्टराई, रविन वस्नेत , एनआरएन. अमेरिकाका सचिव शंकर खड्का , कोषाध्यक्ष वेद वस्नेत , गौरी जोसी लगायत उपस्थित रहेको कार्यक्रमलाई नेपाली गितको भाकामा स-साना नानीहरूको नृत्यले सबैलाई आकर्षण गरिरहेको थियो ।