नेजाको सदस्यता खुला

अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था नेजाको सदस्यता खुल्ला भएको छ | संस्थाका महासचिब भोला आचार्यले फेसबुक मार्फत यो जानकारी दिएका हुन् | महासचिब आचार्य नै सदस्यता वितरण समितिका संयोजक हुन् |
सूचना यस्तो छ :

नेजा सदस्यता खुला गरिएको सूचना
विगत एक दशकदेखि उत्तर अमेरिका क्षेत्रमा रहेका नेपाली सञ्चारकर्मीहरुको साझा संस्था नेपाल अमेरिका पत्रकार संघ (नेजा) को आगामी मे महिनाको ७ र ८ मा हुन गैरहेको पाँचौं अधिवेशनमा हार्दिक स्वागत गर्दछौं । नेजाको विद्यमान विधान अनुसार अधिवेसनको एक महिना अगावै अर्थात् आगामी अप्रिल १,२०१६ भित्र सदस्यताको नविकरण तथा नयाँ सदस्यता प्राप्त गरिसक्नु पर्ने भएकोले सदस्यता खुला गरिएको जानकारीसहित यो सूचना प्रकाशन गरिएको छ ।तसर्थ नेजाको विधान अनुसार सदस्यता लिन एव नविकरण गर्नको लागि सम्पूर्ण सदस्यहरुमा हार्दिक अनुरोध गरिन्छ । सदस्यता सिफारिशका लागि नेजा कार्यसमितिले महासचिव भोला आचार्यको संयोजकत्वमा एक समिति गठन गरी जिम्मेवारी सुम्पिएको छ । महासचिव आचार्यको संयोजकत्वमा गठित सदस्यता वितरण तथा नविकरण समितिमा नेजाका सबै क्षेत्रीय संयोजकहरु डाक्टर गोविन्द सिंह रावत, भुपेन्द्र थापा,जाङ्ग्वु शेर्पा, विकासराज न्यौपाने र विश्वराज थापा सहित कार्यकारी सदस्यहरु मधुकर अधिकारी, अग्नी चौलागाई, शैलेश पोखरेल र तेम्वा दोङ्गवा ह्योल्मो सदस्य रहेको समिति गठन गरिएको छ । नेजाको विधान अनुसार अधिवेशनको एक महिना पहिले नै सदस्यता लिईसकेको, नवीकरण गरिसकेको र सदस्यता शुल्क तिरिसकेको सदस्यले मात्र आफ्नो मताधिकार प्रयोग गर्न,उम्मेदवार बन्न वा समर्थक,प्रस्तावक बस्न पाउनेछ ।
त्यसैले नयाँ सदस्यताको लागि मिडियामा प्रकाशित एवं प्रसारित दुई वटा समाचार सामाग्री तथा लेखसहित आफ्नो विवरण खुलाएर सदस्यता आवेदन गर्नुहुन अनुरोध छ । तपाईले नयाँ सदस्यता लिन तथा नविकरणको लागि संस्थाको वेभसाईट http://www.neajausa.org/np/membership मार्फत् पनि अनुरोध गर्न सक्नुहुनेछ । 
नेजाको सदस्यता शुल्क
नविकरण शुल्क : ५० डलर
नयाँ सदस्य : ५० डलर ( दुई वर्षका लागि )
तपाईसँग सदस्यता सम्वन्धि अन्य जिज्ञासा भए हामीलाई ईमेल गर्न सक्नुहुनेछ ।
नयाँ सदस्यता तथा नविकरणवापत लाग्ने शुल्क हाम्रो पे पाल एकाउन्ट https://www.paypal.com/us/cgi-bin/webscr… मार्फत तिर्न सक्नुहुनेछ । साथै,चेक अथवा मनि अर्डरमा Nepal America Journalist Association अथवा NEAJA लेख्नुहोस् र तलको ठेगानामा मेल गर्नुहोस् | 
विटु केसी
कोषाध्यक्ष, नेजा
Address: 6360 Vreekbend Dr Houston, TX 77096
अथवा
गौतम दाहाल
अध्यक्ष, नेजा
Address: 6107 Bellona Ave Apt. 3C Baltimore, MD 21212
भोला आचार्य
संयोजक, नेजा सदस्यता वितरण तथा नविकरण समिति